नेपालबाट शुरु गरी साउदी अरेबिया उत्तर दिंदा बालाजीले जिते साँढे १२ लाख


 

नेपालबाट शुरु गरी साउदी अरेबिया उत्तर दिंदा साँढे १२ लाख जिते । राजकुमार मोहम्मद विन सलमानको देशको नाम साउदी अरब भन्दा बालाजी सौदार मानेले उक्त रकम जितेका हुन् ।

अमिताभ बच्चनले संचालन गर्ने कौन बनेगा करोडपतिमा बालाजी सौदार मानेलाई शुरु प्रश्न सँसारको एकमात्र कोण परेको झण्डाबारे सोध्दा उत्तर नेपाल भनेका थिए । सावधानीपूर्वक खेलेका उनले साँढे १२ लाखको प्रश्नमा सलमान कुन देशका राजकुमार हुन् भनी सोध्दा सजिलै उत्तर दिएका थिए ।बच्चनले सन् २०१९ को फेब्रुअरीमा भारतको भ्रमण गर्ने मोहम्मद विन सलमान कुन देशका राजकुमार हुन् ?

भनी सोध्दा बालाजीले साउदी अरेबिया भनेका थिए । प्रिन्टिङ प्रेसमा डिजिटल र फ्लेक्स ब्यानर टाँस्ने गर्दै आएका बालाजी आर्थिक अभावका कारण चार्टर एकाउन्टेन्ट पढ्न सकेका थिएनन् । मासिक मात्र सात हजार भारतीय रुपैयाँ आम्दानी गर्ने उनले जितेको रकम आफ्ना बालबालिकाको सुन्दर भविष्यका लागि खर्च गर्ने बताए ।कौन बनेगा करोडपतिमा फेरिक एकपटक नेपालको नाम आएको थियो । विगतमा पनि माधवकुमार नेपालसँग सम्बन्धित प्रश्नमा एक व्यक्तिले ठूलो धनराशी जितेका थिए ।

प्रकाशित भएको : September 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु