यी बहादुर युवती जसले आफ्नो सिक्री लुछेर भाग्न खोज्ने चोरलाई पक्रेर पछारिन (भिडियो हेर्नुहोस)


 

काठमाडौँ । हिजो आज एउटा भिडियो सामाजिक संजालमा निक्कै भाइरल भइरहेको छ । उक्त भिडियोमा मोटरसाइकलमा सवार एक लुटेराले सडकमा हिडी रहेकी महिलाको गलाको सुनको सिक्री लुछेर भाग्न खोज्छ । तर ति चलाख महिलाले आफ्नो सुन लुछेको पत्तो पाउने बित्तिकै ति लुटेराको हात पक्री हाल्छिन ।

सुन लुछेर भाग्न खोजेको लुटेरालाई ति महिलाले पक्रेर मोटरसाइकलबाट पछार्छिन। त्यसो गर्नमा उनि संगै रहेकी युवतीले पनि सहयोग गरिन । त्यतिकैमा अन्य बटुवाले उनको सहयोग गर्छन र चोरलाई कु*टपिट गर्न थाल्छन ।

यो भिडियो भारतको हो । तर कुन क्षेत्रमा घटेको हो भन्ने भने खुल्नमा आएको छैन । भिडियो हेरेपछि ति महिलाको सबैले प्रसंसा गरिरहेका छन । सामान्य महिला रोएर बस्थे भने ति महिलाले एक सेकेन्ड पनि खेर नफाली लुटेरालाई पक्रेर सामाख सिकाएकी छन ।

भिडियो हेर्नुहोस ।

र यो पनि पढ्नुहोस्

सिक्री लुछ्ने ग्याङ

सुनको गहना लगाउनुभएको छ र काठमाडौँका फुटपाथ, भीडभाडमा हिँडिरहनुभएको छ भने चनाखो र सचेत रहनुहोला । चोरका आँखाहरूले तपाईंलाई पछ्याइरहेका हुन सक्छन् । मोटरसाइकलमा सवार चोरले तपाईंको गलाको सिक्री लुछेर टाप कस्न सक्छ । राजधानी शहर असुरक्षित छ । दिनदहाडै र बीचबजारमा हुने यस्तै लुटपाटबारे अनिल यादवले तयार पारेको सामग्री ।

धेरैको मान्यता हुन्छ– चोरी रातमा हुन्छ, सुनसान र एकान्त ठाउँमा हुन्छ । यस्तो ठान्नुहुन्छ भने तपाईं गलत हुनुहुन्छ । चोरी जतिखेर जहाँ पनि हुन्छ । भइरहेको छ । भीडभाडकै बीच तपाईंले घाटीमा लाइरहेको सिक्रीमाथि कसैको नजर परिरहेको हुन सक्छ । तपाईंले पत्तो नपाईकन तपाईंको गलाबाट सुनको सिक्री लुछिएको हुन सक्छ । थाहा पाउँदासम्म चोर ‘टाप’ कसिसकेको हुन्छ । र, तपाईं ‘ट्वाँ’ पर्नबाहेक केही गर्न सक्नुहुन्न ।

केस १

दिउँसोको ३ बजेको थियो । काठमाडौँ, मैतिदेवीकी अनिता आचार्य वैशाख–१ गते नयाँ वर्षका दिन आफ्नो मामाघर (बूढानीलकण्ठ) बाट गोल्फुटारतिर हिँडिरहेकी थिइन् । उनका थुप्रै साथीहरू छरिएर अगाडि–पछाडि हिँडिरहेका थिए । साथीको घरमा नयाँ वर्ष मनाउन उनी उनी गहनाले सजिएर हिँडेकी थिइन् । निकै रमाइलो गर्ने मुडमा रहेकी उनी त्यतिबेला निराश भइन्, जतिबेला उनको घाँटीबाट साढे तीन तोलाको सुनको सिक्री लुछियो । ‘चारैतिर मान्छेहरू थिए, हामी रोड छेउबाट हिँडिरहेका थियौँ,’ २४ वर्षीया अनिताले सम्झिइन्, ‘मोटरसाइकल पछाडि बसेको चोरले देब्रे हातले लुछेर लग्यो । मास्क र चस्मा लगाएको थियो । बाइकको नम्बर प्लेट माटोले छोपिएको थियो । यति चाँडो चोरेर भाग्यो कि कसैले केही गर्नै सकेन । सबै जनाले ‘ला ला लग्यो लग्यो’ भन्नेभन्दा केही गर्न सकेनन् ।’

केस २

मध्याह्न १२ बजेको थियो । काठमाडौँ, टोखाकी ५८ वर्षीया लक्ष्मी श्रेष्ठ वैशाख १५ गते ग्रिनल्यान्ड चोकबाट घर फर्किरहेकी थिइन् । आफ्नै सुरमा हिँडिरहेकी उनले आफ्नो पछाडि मोटरसाइकल आएको थाहा पाइन् । त्यसपछि मोटरसाइकललाई साइड दिइन् । तर, मोटरसाइकल त उनकै छेउमा आइपुग्यो । र, घाँटीमा लगाएको डेढ तोलाको सुनको सिक्री र सल लुछ्यो । उनले लगाएको कुर्ताको पछाडिको तुना पनि छिन्यो । ‘म आत्तिएँ,’ उनले भनिन्, ‘तर, बूढी मान्छे केही गर्न सकिनँ । रहरले बनाएको सिक्री लुटियो ।’ उनको सिक्री लुट्नेको पनि अनुहारमा मास्क थियो ।

केस ३

गत वैशाख २१ गते सुशीला तामाङ काठमाडौँ, बूढानीलकण्ठमा रहेको उनको घरबाट अफिस (जमल) तर्फ आउँदै थिइन् । बिहानको साढे १० बजिसकेको थियो । निकै हतारमा थिइन् । आफ्नै धुनमा हिँडिरहेकी उनको धुन त्यतिबेला बदलियो, जब मोटरसाइकलमा सवार दुईजनाले उनको घाँटीको आधा तोलाको सुनको सिक्री तानेर लगे । ‘नेपाल बन्दको दिन भएकाले त्यति चहलपहल थिएन,’ उनले त्यो दिन सम्झिइन्, ‘म त तीनछक परेँ । यसरी पनि चोरिएला भन्ने सोचेकै थिइनँ ।’ चोरी हुनासाथ हुइँकिएको बाइकको पछाडिको नम्बर उनले याद गर्न त खोजिछिन्, तर नम्बर प्लेट नै अस्पष्ट पाइन् ।
०००

प्रकाशित भएको : September 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु