झापा पुगेर ज्ञानेन्द्र शाहीले गरे खुलाशा ! जनप्रतिनिधीले फायल मिलाएर गरे करौडौं भ्रष्ट्र’चार


 

झापा, भ्रष्ट्राचार बिरोधी अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीले भ्रष्टा’चारको जालो केन्द्रिय सरकार,प्रदेश सरकार देखी स्थानीय सरकार सम्म रहेको बताए ।

उनले आज झापाको बिर्तामोडमा सम्बोधन गर्दै जनप्रतिनिधीलाई छोटो महाराजको सम्बोधन दिदै हरेक बर्ष फायल मिलाएर करोडौ भ्रष्टाचार गर्ने गरेको आ’रोप लगाए । नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले झापाका सबै स्थानीय तहरको बेरुजु र छोटे महाराजहरुले मिलाएर खाने हिसाव एक एक रहेको बताए । उनले झापाका कुन कुन स्थानीय तहमा बार्षिक कति भ्रष्टाचार हुन्छ भन्ने चिरफार गर्न पनि भ्याए ।

झापाका स्थानीय तहमा जनप्रतिनिधीले फायल मिलाएर करोडौ भ्रष्टाचार गरेको भन्दै गर्जिएका ज्ञानेन्द्र शाहीले जनताको सरकार बने पछि ठुला दलको सबै नेतालाई जेल हाल्ने उनले बताए । सत्य बोल्दा आफुलाई सबिधान प्रयोग गरेर जेल हाल्छु भन्ने प्रधानमन्त्री बिरुद्ध खन्निदै शाहीले सबिधानमा धर्म बेच्ने अधिकार नभएको भन्दै प्रधानमन्त्रीलाई पाँच बर्ष जे’ल हाल्ने चेतावनी दिए ।

गत बर्ष मात्र आर्थिक बृद्धिदर ७ प्रतिशत भएको भनिएको आफु खोज्दै गरेको उनले बताए । स्वास्थ र शिक्षामा व्यापार गर्नेलाई यो समाजमा बस्न लायक नभएको उनले बताए । एनसेलले राज्यलाई बुझाउनु पर्ने रकम नबुझाएको प्रति उनको घोर आप’त्ती थियो । अभियानकै क्रममा सयौ एनसेलको सिम समेत जलाइएको छ । सबै भन्दा बढि बजेट प्रदेश न १ मा छुटिएको भन्दै शाहीले बेरुजु रकम जुन नितिगत भ्रष्टाचार ४ अर्व ३२ करोड ८३ हजार स्थानीय सरकार सँग रहेको बताए । जुन सरकारले फायल मिलाएर खाएको पैसा भएको बताए ।

थप जानकारी हेर्नुहोस तलको भिडियोबाट

प्रकाशित भएको : September 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु