चिट नचोरुन् भनेर प्रशिक्षार्थीलाई शिक्षकले लगाइदिए यस्तो ‘कोर्को’ !


 

परीक्षामा विद्यार्थीले चिट चोरेर हैरान लगाएपछि अनौठो नियम लगाइएको छ । जुन देखेपछि धेरैलाई रोचक लाग्छ । समाचारमा बताइए अनुसार मेक्सिकोमा ‘हाइस्कुल’का विद्यार्थीहरुले परीक्षामा चिट नचोरुन् भनेर एक शिक्षकले उनीहरुको आँखाको दुबै पट्टी ‘कार्डबोर्ड’ लगाइदिएका थिए । तर यस्तो हर्कत गरेकोमा ती शिक्षक ‘सस्पेन्ड’ भएका छन् ।

परिक्षामा विद्यार्थीहरुले चिट चोर्ने चलन धेरै भएपछि ती शिक्षकले यस्तो गरेको बताइन्छ । स्थानीय मिडियाका अनुसार मेक्सिकोको तियाक्साला राज्यस्थित यस्तो घटना भएको हो ।

यस्तो घटना मिडियामा सार्वजनिक भएपछि विद्यार्थीका अभिभावकले समेत विरोध जनाएका छन् । विद्यार्थीमाथि अन्याय गरिएको उनीहरुको गुनासो छ । शिक्षकलाई कडा कारवाही गर्नुपर्ने उनीहरुको माग छ ।

घटना बाहिरिएपछि प्रहरीले पनि यसबारे अनुसन्धान गरिने जनाएको छ । यस्तै सामाजिक सञ्जालमा पनि यसबारे टिका टिप्पणी भइरहेको छ । अधिकांशले ती शिक्षकमाथि ठट्टा गर्नुका साथै आलोचना गरेका छन् ।

र यो पनि पढ्नुहोस्

विद्यार्थीले परीक्षामा चिट चोर्न यतिसम्म गरिन, शिक्षक नै अचम्ममा

परीक्षामा विद्यार्थीले चिट नचोरून् भनी अनेकथरी नियम बनाइएको हुन्छ तैपनि विद्यार्थीहरू नयाँ नयाँ उपाय अपनाएर चिट चोरिहाल्छन् । यस्तै एक मामिला आजकल सामाजिक सञ्जालमा हिट भइरहेको छ ।

एक छात्राले चिट चोर्नका लागि अपनाएको उपाय देखेर सबै छक्क परेका छन् । चिट चोर्न यस्तो दिमाग लगाउनेले पढ्नमा दिमाग खर्चेको भए कति राम्रो हुन्थ्यो भन्ने टीकाटिप्पणी पनि आएका छन् ।

एन्ड्रिया नामक छात्राले फिजिक्सको जाँचमा ठूला ठूला फर्मुलाहरू नङभित्र लुकाएर ल्याइन् । लामा नङ हुनाले कसैले पनि उनीमाथि शंका गरेन ।

शिक्षकले पनि कुनै केटीले नङभित्र चिट लुकाएर चोर्न सक्छन् भन्ने अनुमान गर्न सकेनन् ।

परीक्षा दिइसकेपछि उनले यो आइडिया सामाजिक सञ्जालमा शेयर गरिन् । तस्वीर हेरेपछि अन्य महिला पनि परीक्षामा राम्रो नम्बर ल्याउनका लागि अब नङ बढाउनुपर्ला भन्दै कमेन्ट गरिरहेका छन् । एजेन्सी

प्रकाशित भएको : September 7th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु