चाडबाड आउनै लाग्दा घट्न थाल्यो सुनको मूल्य , यस्तो छ आजको बजार भाउ !


 

काठमाडौ : सुनको भाउ आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको छ। शुक्रबार ७२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी, तेजाबी सुनको मूल्यमा ७१ हजार २ सय रुपैयाँ कायम भएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। केहीदिन अघिसम्म निरन्तर उकालो लागेको सुनको मूल्य पछिल्लो सातामा भने केही कमी आएको छ।

छापावाल सुन प्रतितोला ७३ हजार नाघेकोमा अहिले मूल्य केही घटेको हो। आज सुनसँगै चाँदीको भाउ पनि घटेको छ ।आज चाँदी प्रतितोला ८ सय ८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

शुक्रबार चाँदी ९ सय रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्न थालेपछि नेपाली बजारमा पनि घट्न थालेको हो ।अहिले अन्तर्राष्ट्रिय बजारमा प्रति औंस सुनको मूल्य १५०६ अमेरिकी डलरको आसपास छ ।

प्रकाशित भएको : September 8th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु