
2 years ago
धादिङ । धुनिबेशी नगरपालिका-६ धार्केमा बस र ट्रक एक आपसमा ठोक्किँदा २० यात्रु घाइते भएका छन्।
काठमाडौबाट महादेववेशीतर्फ ग्यास बोकेर लैजाँदै गरेको ना १ क २१७४ नम्बर को ट्रक र मुग्लिनबाट काठमाडौतर्फ जाँदै गरेको ना ६ ख १७३७ नम्बर को मकालु बस आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बस र ट्रकमा सवारमध्ये २० जना घाइतेको धार्केस्थित शिवदर्शन अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको तथा सबै घाइतेको अबस्था सामान्य रहेको बताईएको छ ।
प्रकाशित भएको : September 8th, 2019
प्रतिकृया दिनुहोस्