जति लामो श्वास, त्यती धेरै साहस : बिहान ५ मिनेट लामो श्वास लिने छाड्नेको फाईदा


 

श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो । श्वास फेर्न हामीलाई कुनै थप उर्जा खर्च गर्नुपर्दैन । तर, राम्रोसँग श्वासप्रश्वास लिएमा यसले स्वास्थ मात्र बनाउँदैन मानिसलाई दीर्घजीवि पनि बनाउँछ । बिहान ५ मिनेट जति लामो श्वास लिने छाड्ने गर्नुपर्छ । यसरी गरिने श्वासप्रश्वास व्यायायमका केही फाइदा यस प्रकार छन्ः

तनाबमुक्त बनाउछः गहिरो श्वासले शरिरमा अक्सिजनको प्रबाह बढाउछ र तनाब, चिन्ता र त्रास घटाउँछ ।

शरिरको बिष फालिदिन्छः श्वासप्रश्वासबाट मानिसको शरिरबाट ७० प्रतिशत भन्दा बढी खराब तत्व निस्कासन गरिदिन्छ ।

दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

लामो श्वास लिनुहोस्, स्वास्थ्यलाई यस्तो फाइदा हुनेछ :

हामीहरू तनावमा हुँदा हामीलाई मान्छेले लामो सास लिनुस् भनी सल्लाह दिन्छन् । बेस्सरी रिस उठेका बेलामा यस्तो उपदेश सुन्दा झर्को लागेर आउँछ । तर हालै गरिएको वैज्ञानिक अनुसन्धानले यसरी गहिरो सास लिनु स्वास्थ्यका लागि लाभदायक हुने बताएको छ ।

बेलायतको नर्थवेस्टर्न विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार नाकबाट लामो सास तान्दा तपाईंको दिमाग बलियो हुन्छ र स्मरणशक्ति बढ्छ ।

तर तपाईं नाकले सास तान्नुहुन्छ कि मुखले भन्ने कुराले यसलाई फरक पार्छ ।

सास फाल्दा भन्दा पनि लिँदा चाहिँ मान्छेले कुनै कुरा राम्ररी सम्झने अनुसन्धानले देखायो । मुखबाट सास लिँदा भने स्मरण नबढ्ने देखियो ।

परीक्षणमा भाग लिएका मान्छेलाई कुनै चित्र देखाएर सास लिन लगाइयो । निकै पछि उनीहरूलाई त्यो चित्रका बारेमा बताउन लगाउँदा उनीहरूले दुरुस्तै बताए ।

विपश्यना ध्यान गर्दा सासमा विचार पु-याइन्छ र त्यसले शरीरलाई धेरै फाइदा दिन्छ । त्यसैगरी दैनिक जीवनमा पनि लामो सास लिनुका धेरै फाइदा देखिनेछन् ।

जति लामो श्वास, त्यती धेरै साहस

मानिसको जीवन नै श्वासमा अडिएको छ।एक छिन श्वास रोक्यो भने पनि असहज हुन थाल्छ । मानिसको शरीर ब्रह्मान्डको एक कण हो । जे जे ब्रहमान्डमा छन हाम्रो शरीर पनि तीनै तत्वले बनेको छ ।यो शरीर सन्चालनको क्रममा शक्तिको क्षय भैरहन्छ । शक्ति पून:प्राप्तीका लागि भोजनको आवश्यकता हुन्छ र भोक को महसुस हुन्छ अनि हामी भोजन ग्रहण गर्दछौ ।

भोजन भन्दा पनि महत्व छ श्वासको । श्वासको माध्यम बाट पनि हामिलाइ चाहिने सवै तत्व हामी प्राप्त गर्न सक्छौ । तर हामी श्वास लिन पनि राम्रो सग जानेका छैनौ । राम्रो सग श्वास लिन मात्र जान्ने हो भने जीवन धेरै आनन्दमय हुने थियो ।

राम्रो सग श्वास लिन नजानेर पनि मानिस डिप्रेशनका जान थालेका छन ।

आजकल मानिस धेरै व्यस्त छन । व्यस्तताको कारण तनाव पनि धेरै छ । जे जे काम गरे पनि मानिस बेहोसमा गरेको छ । मैले के गरिरहेको छु भन्ने सम्म थाहा छैन । के खाएको छु थाहा छैन ।

के गर्न हुने नहुने पनि थाहा छैन ।

यी सवै कुराको जड श्वास हो ।यदि राम्रो सग श्वास लिन जान्ने हो भने जीवन सहज हुन थाल्दछ । श्वासलाइ लामो र गहिरो बनाउने अभ्यास गर्नु पर्दछ ।बिस्तारै बिस्तारै लामो लामो श्वास लिने र छोड्ने गर्नु पर्दछ । लिन मात्र होइन छोड्न पनि जान्नु पर्दछ । छोड्न नजानेर हामिले आफैलाइ आट्ठाएर राखेका छौर आफैले भारी बनाएका छौ ।

त्यसैले कम्तीमा १हप्ता जति लामो र गहिरो श्वास लिने अभ्यास गरौ लामो र गहिरो श्वास को त्यसपछि आफै बानी पर्न थाल्छ लामो र गहिरो श्वास को । छोटो शश्वासप्रश्वास ले मन सन्तुलन हुदैन । मन सन्तुलन नभएपछी आफू कम्जोर भएको महसुस हुन थाल्दछ र अचानक कुनै घटना घट्दा डिप्रेशनमा जान थाल्दछ।

लामो श्वास को अभ्यास हुँदै जादा बिस्तारै बिस्तारै आफू भित्र साहस बढ्दै गएको महसुस हुन थाल्छ ।

लामो श्वास फेर्नुको केहि फाईदा :

हरेक बिहान योग गर्नु स्वास्थ्यको लागी निकै लाभदायक हो । लामो श्वास फेर्दै फाल्नु पनि योगमा नै पर्ने गर्छ । श्वास प्रस्वासमा कुनै पनि समस्या आयो भने हाम्रो पुरा स्वास्थ्यमा नै नकारात्मक असर पर्ने गर्छ । बिहान ताजा र स्वच्छ हावा पाइन्छ । जुन हावा हाम्रो शरीरमा प्रवेस गर्यो भने हाम्रो शरीरमा बेग्लै स्फुर्ति आउने गर्छ । हरेक बिहान ५ मिनेट जती लामो श्वास लिने गरेमा हाम्रो शरीरलाई निकै फाइदा पुग्छ । यसले मानिसलाई दिर्घ आयु दिन पनि निकै मद्धत गर्छ ।

५ मिनेट लामो स्वास लिँदा स्वास्थ्यमा पुग्ने फाइधरु यस्ता छन् :

१) शरीरको बिष फाल्छ : बिहान ताजा हावामा श्वास लिने गरेमा हाम्रो शरिर्मारहेको ७० % बिष बाहिर निस्केर जान्छ । यसले गर्दा हाम्रो शरीरमा समस्याहरु आउन पाउदैन ।

२) तनावमुक्त बनाउँछ : लामो स्वास लिँदा शरीरमा अक्शिजनको मात्रा बढ्छ । जसले गर्दा हामीमा रहेको तनाव , त्रास हटेर जान्छ ।

३) दिमागलाई शान्त बनाइदिन्छः अत्यधिक तनाब र चिन्ताले विभिन्न स्वास्थ्य समस्या उत्पन्न हुन्छ । गहिरो श्वास लिँदा दिमागमा अक्सिजनको आपूर्ती बढाउँछ र चिन्ताको मात्रा घट्नुका साथै शरिरलाई आनन्द र प्रफुल्ल बनाउँछ ।

४) अन्य अंगलाई पनि सहयोगः गहिरो श्वास प्रश्वासको व्यायामले मुटु, पेट, लिभर, साना आन्दालाई मसाज गरिदिन्छ र ती अंगमा रक्तप्रबाह गरिदिन्छ ।

प्रकाशित भएको : September 8th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु