झापामा प्रशासकीय अधिकृत निवास र सहकारी भवनमा शक्तिशाली वि’स्फो’ट, क्षतिको विवरणसहित


 

बिर्तामोड । आइतबार राति झापाका दुई स्थानमा ब’म वि’स्फो’ट भएको छ । वि’स्फो’टबाट गौरादह नगरपालिकाका कार्यकारी अधिकृत चढ्ने एउटा स्कारपियो गाडीमा क्षति पुगेको छ । अर्को विस्फोट बिर्तामोड नगरपालिकास्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको भवनमा भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

राति साढे १२ बजे गौरादह–३ धोवनिया चोकस्थित निवास अगाडी पार्किङ गरी राखिएको बा २ झ २५७० नम्बरको स्कारपियो गाडीमा ब’म विस्फोट भएको हो । उक्त गाडी गौरादहका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र चढ्ने गाडी भएको मेयर रोहितकुमार साहले जानकारी दिए । मिश्र स्थानीय इन्द्र कटुवालको घरमा डेरा बस्दै आएका थिए । वि’स्फोटका कारण गाडीमा ठूलो क्षति पुगेको डीएसपी श्रेष्ठले बताए ।

त्यसअघि राति साढे ११ बजे बिर्तामोड–२ चारपानेस्थित सहारा नेपालको नवनिर्मित भवनमा ब’म विस्फोट भएको छ । भवनको भुई तलाको ढोकामा बम विस्फोट गराइएको डीएसपी श्रेष्ठले जानकारी दिए । विस्फोटबाट सामान्य क्षति पुगेको छ । दुवै स्थानमा कस्तो ब’म र कसले विस्फोट गराएको भन्ने बारे कुनै जानकारी प्राप्त नभएको डीएसपी श्रेष्ठले बताए । यता अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीलाई १० हजार रुपैयाँ नगद घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल काठमाडौंको टोलीले रकमसहित रंगेहात नियन्त्रणमा लिएको हो । माझीले काठमाडौंबाट सिन्धुली हुँदै बाहिरिने सवारी साधनलाई साँझ ७ बजेपछि सिन्धुली सदरमुकाम आउन रोक्ने र पैसा दिएपछि मात्र आउन दिने गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको टोलीले सेवाग्राहीसँग उक्त रुपैयाँ लिइसकेको अवस्थामा शनिबार राति पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदिपकुमार कोइरालाले जनाए। उनलाई उनकै कार्यकक्षबाट रंगेहात रकमसहित नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको कोइरालाले जनाए ।

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु