पूर्वमन्त्री तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी हिसिला यमी चढेको स्कुटर दुर्घ*टना


 

काठमाडौ / पूर्वमन्त्री हिसिला यमी मोटरसाइकल दुर्घट*नामा परेर घाइते भएकी छन्। पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजवादी पार्टी नेपालकी नेतृ यमी आइतबार दिउँसो दुर्घट*नामा परेर घा*इते भएको यमीका पति तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका स्वकीय सचिव रोशन पोखरेलले जानकारी दिए।

उनले भने ‘पार्टी कामको सिलसिलामा निवासबाट पार्टी कार्यालय बालकुमारी जाँदै गर्दा बल्खु चोकमा स्कुटर दुर्घट*नामा परेको हो, अवस्था सामान्य छ।’
बल्खु चोकमा अनटेष्ट मोटरसाइकलले ठक्कर दिएर घा*इते भएकी यमीको बिएण्ड बी अस्पतालमा उपचार भइरहेको पोखरेलले जानकारी दिए। उनको अवस्था सामान्य रहेको र २४ घण्टा डाक्टरको निगरानीमा रहेर डिस्चार्ज हुने पोखरेलले बताए।

अन्तिम पटक अपडेट गरिएको : November 11th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु