आफ्नो सबै सरकारी तलब जेहेन्दार विद्यार्थीलाई दिने मनकारी वडाअध्यक्ष विष्ट


 

बझाङ । जयपृथ्वी नगरपालिका वडा नम्बर १०का वडा अध्यक्ष दलबहादुर विष्टले आफ्नो तलबले सत्यबादी मावि भोपुरमा अध्यनरत जेहेन्दार ४ जना छात्रा/छात्रका लागि अक्षकोष स्थापना गरेका छन। उनले वडाअध्यक्षको तलब आफूले कहिले पनि नलिने र आएको भत्ता र तलब सबै केपि फाउन्डेशसको खातामा जम्मा गरी सत्यबादी माविमा अध्यनरत २ जना छात्रा र २ जना छात्रका लागि अक्षकोषमार्फत छात्रवृति दिने भएका छन् ।

सत्यबादी माविको वार्षिकोत्सव कार्यक्रममा वडाअध्यक्ष विष्टले आफूले अध्ययन गरेको विद्यालयलाई सुरु वातीमा आफुले पाएको मासिक २२ हजारका दरले ५ वर्षको सबै तलब र थप २ लाख गरेर १५ लाखको अक्षकोष स्थापना गरी जेहेन्दार गरीब र विपन्न समुदाय को बालबालिकाका लागि छात्रवृति सहयोग गर्ने बताएका छन् । उक्त छात्रवृति सत्यबादी माविको वार्षीकोत्सव कार्यक्रममा वितरण गर्ने समेत उनको भनाइ छ ।

आफूले कक्षा ६ देखि १० सम्म अध्ययन गर्दा छात्रवृति पाएर नै पढेको बताउँदै विष्टले भने–‘सबैका छोरा छोरीहरु विद्यालय पढ्न सक्दैनन् । धेरै जस्तो विद्यार्थीहरुलाई छात्रवृतिको ठूलो खाचो हुन्छ । र सानो सहयोगले भोलि ती बालबालिकाहरु देशका कर्णधार मात्रै नभइ देश नै बदल्न सक्ने भएको कारण आफूले आफ्नो जन्मदिने आमा स्वर्गिय देवमति विष्टको सम्झनामा अक्षकोष स्थापना गरी जेहेन्दार अति गरीब तथा विपन्न समुदायका बाल बालिकाहरुलाई सहयोग गर्ने बताएका छन् ।

केपि फाउन्डेशसन जिल्ला प्रशासन कार्यलयमा दर्ता गरी अबको केही दिनमा नै सबै प्रक्रिया पूरा गरी कोषलाई संचालनमा ल्याउने उनको भनाइ छ । सत्य बादी माविका प्राचार्य रामत्त उपाध्यायले अध्यक्ष विष्टलाई विषेश धन्यवाद ज्ञापन गरे । साथै उनले विद्यालयमा अध्यनरत धरै जस्ता बालबालिकाहरुलाई छात्रवृतिको आवश्यक रहेका कारण अध्यक्ष विष्टले चाल्नु भएको कदम प्रशांसायोग्य भएको बताए । यस्तै तुलसीराम जोशिले समेत १२ लाख रुपैयाँको अक्षकोष स्थापना गरेको प्राचार्य उपाध्याले बताए ।

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु