
1 year ago
काठमाडौं । नेपालसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले बला*त्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् । आफ्नो दाइ विरु*द्ध अप*हरण र बला*त्कार गरेको उ*जुरी दिन उनी पु*लिस चौकी पुगेपछि घटना सार्वजनिक भएको हो ।
अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पीडित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक बला*त्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् ।
कयौँ महिनादेखि दाइले नै आफूलाई बला*त्कार गरेको उनले पुलिसमा बयान दिएकी छन् । युवतीको उजु*रीका आधारमा पुलिसले अनुसन्धान सुरु गरेको छ । स्थानीय पुलिस चौकीले युवतीका दाइ दोषी देखिएमा कानुनअनुसार कारबाही गरिने जनाएको छ ।
प्रकाशित भएको : September 9th, 2019
प्रतिकृया दिनुहोस्