एयरपोर्ट फर्कन खोजेको विमान दु*र्घटना, २ को मृ*त्यु, ३ जना घाइते


 

काठमाडौं । अमेरिकाकाे नेभादा विमानस्थलमा सानो विमान दुर्घटना*ग्रस्त हुँदा दुईजनाको मृ*त्यु भएको छ भने तीनजना ग*म्भीर घा*इते भएका छन् ।

एक इन्जिन भएको बीचक्राफ्ट सीएरामा चारजना या*त्रु थिए । शनिवार उक्त विमान हेन्डरसन एक्जेक्युटिभ एयरपोर्टबाट जि*लेस्पी फील्ड एयरपोर्ट जाने कार्यक्रम थियो ।

उडान भरेको केही समयपछि नै विमानमा यान्त्रिक गडबडी आएको र हेन्डरसन एक्जेक्युटिभ एयरपोर्ट फर्कन खोजेको उक्त विमान विमानस्थलभन्दा आधा माइल पर मरुभूमि क्षेत्रमा दुर्घ*टनाग्रस्त भएर आगो लागेको थियो । हेन्डरसन फायर डिपार्टमेन्टलाई घटनास्थलमा बेलुका पौने ८ बजेतिर पठाइएको थियो । एक यात्रुको घटना*स्थलमै मृ*त्यु भएको थियो भने अन्य यात्रुलाई उपचारका लागि अस्पताल लगिएको थियो । एक व्यक्तिको अस्पतालमा मृ*त्यु भयो भने अन्य दुई यात्रीको अवस्था ग*म्भीर छ ।

यो घटनामा परी एक बटुवा पनि घाइते भएका छन् । ती व्यक्ति घटना*स्थलमा गाडी चलाएर गइरहँदा दुर्घ*टना देखेर घाइतेहरूलाई सहायता गर्न गएका थिए ।

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु