मलाई एशियाकै भ्रष्ट भन्नेहरु हो प्रचण्डलाई के भन्छौ ? हिसिला यमी (भिडियो अन्तरवार्ता)


 

काठमाडौं– संघीय समाजवादी पार्टीकी केन्द्रीय उपाध्यक्ष हिसिला यमीले सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेता कार्यकर्तालाई समाजवादी पार्टी नेपालमा प्रवेश गर्न आग्रह गरेकी छिन् । सुत्र टिभिसँगको अन्तरवार्तामा नेतृ हिसिला यमीले उक्त कुरा बताएकी हुन् । उनले ओली–प्रचण्ड नेतृत्वको नेकपा कम्युनिष्ट नभएर कमाउनिष्ट भएको आरोप लगाएकी छिन् ।

नेतृ यमीले तत्कालिन नेकपा माओवादी पार्टीलाई अध्यक्ष प्रचण्डले विभिन्न खाले माफियाहरुको चंगुलमा पार्ने प्रयास गरेकाले बाबुराम लगायत आफूहरुले माओवादी बाध्य भएर छोड्नुपरेको दुखेसो समेत गरिन् । उनले नेपाली जनताले बाबुराम जस्तो नेता सत्ताको बागडोरमा पुग्न नपाएकोमा चिन्ता गरेको दावी समेत गरिन् ।

उनले आज बाबुरामको अभावले मूलुकले निकै दुदर्सा भोग्नुपरेको बताईन् । समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईकी श्रीमती समेत रहेकी हिसिलाले आफूलाई एशियाकै भ्रष्ट भन्नेहरुलाई चुनौती दिदैँ प्रचण्डका परिवारका सदस्यहरुले लिएको लाभको पद के हो भनेर प्रश्न समेत गरिन् ।

उनले वर्तमान सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै आफूहरुले सरकारलाई सरकारबाट बाहिरिने अल्टिमेटम दिईसकेको समेत प्रष्ट पारिन् । उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले औषधिको सेवनकै कारण जनतालाई पूरा नहुने सपना बाँडेको आरोप समेत लगाईन् । उनले नेकपाका नेता माधव नेपाललाई झुट बोल्ने नेताको संज्ञा समेत दिएकी छिन् ।

हेर्नुहोस भिडियो

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु