नेपालमा हरेक दिन १६ जना व्यक्तिको मृ’त्‍युको कारण आत्मह’त्या, मानसिक रोग मुख्य कारण


 

काठमाडौं। नेपालमा हरेक दिन १५ देखी १६ जना व्यक्तिको मृत्‍’युको कारण आ’त्माह’त्या रहेको खुलेको छ। सोमबार विश्व आ’त्माह’त्या दिवसलाई मध्यनजर गर्दै संचालन गरिएको कार्यक्रममा नर्सर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाले यस्तो बताएको हो।

विभिन्न अध्ययनको अनुसार विश्वमा सबैभन्दा बढी आ’त्माह’त्या हुने ठाउँमा नेपाल सातौं स्थानमा पर्दछ भने महिला आ’त्माह’त्याको संख्यामा नेपाल तेस्रो स्थानमा पर्ने गर्दछ। यस्तै नेपालमा गरिएको २००८-२००९ को अनुसन्धान अनुसार १६ देखी ४९ बर्षको प्र’जनन् उमेर समुहको महिलाहरुमा आ’त्माह’त्या मृ’त्‍युको प्रमुख कारण देखाएको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हरेक बर्ष ८ लाख मानिसको मृ’त्‍यु आ’त्माह’त्याको कारण हुने गर्दछ। यस बाहेक हरेक बर्ष आ’त्माह’त्या गर्न खोज्ने मानिसको संख्या अझै बढी छ । विश्वमा मृत्‍युको प्रमुख २० कारण मध्ये आ’त्माह’त्या पनि एउटा कारण हो।

त्यस्तै आ’त्माह’त्या गर्ने ९० प्रतिशत कारण मा’नसिक रोग रहेको छ। विश्वमा १० बर्ष देखी २४ बर्ष उमेरका युवायुवतीको मृ’त्‍युको दोस्रो ठूलो कारण आ’त्माह’त्या गर्नु हो। अनुसन्धान अनुसार एक जना व्यक्तिको आ’त्माह’त्याको कारण उसँग सम्बन्धित १३५ जना व्यक्ति प्रभावित हुने बताउँछ।

आ’त्माह’त्याको कारण बहुआयमिक हुन्छ। आ’त्माह’त्या गर्न ९० प्रतिशत जनसंख्यामा मा’नसिक रोग भएको तथ्य अनुसन्धानले देखाएको छ। मा’नसिक रोगमा जस्तै उदासिनताको रोग (डि’प्रेसन) सबैभन्दा प्रमुख कारण हो। पहिले पनि आ’त्माह’त्याको प्रयास गरेको मानिसहरुले आ’त्माह’त्या दोहोर्याउने सम्भावना सामान्य भन्दा धेरै हुन्छ। त्यो सँगै जीवन प्रति लगातार नैराश्यता व्यक्त गर्ने मानिसहरु, वा हिंसाका घटनामा भेदभाव अनुभव गरेका व्यक्तिहरुमा आत्माहत्या गर्ने सम्भावना बढी हुन्छ।

समाजमा रहेको सबै मानिसहरुको प्रयत्न भएमा आ’त्माह’त्या धेरै मात्रामा रोकथाम गर्न सहयोग सकिन्छ। मानसिक रोगको उपचार गर्नाले धेरै मात्रामा आ’त्माह’त्याको रोकथाम हुन्छ। आफुमा अथवा आफुले चिनेको आत्माहत्याको सोच अथवा प्रयास गरेको थाहा पाएमा नजिकको माडनसिक रोग बिशेषज्ञकोमा लिएर जाँदा आ’त्माह’त्या गर्नबाट रोक्न सकिन्छ।

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु