विदेशमा पति, नेपालमा पत्नीको ह’त्या: हत्या’रा पत्ता नलागेसम्म श’व नबुझ्ने परीवारको अडान


 

सोलुखुम्बु । धा’रिलो ह’तियार प्रयोग गरी ह’त्या गरेको भन्दै एक महिलाको परिवारले श’व नबुझ्ने अडान लिएको छ। ह’त्यारा पत्ता नलागेसम्म श’व जिम्मा नलिने ती महिलाको परिवारले अडान लिएको हो। जिल्लाको सोलुदूधकुण्ड नगरपालिका-५ शेर्गाखोपमा ४७ वर्षीया मुगामाया घतानी दुवै हातको नाडीमा करीब दुई इञ्च का’टिएको अवस्थामा मृ’त भेटिएको थियो।

मृ’तक घतानी शनिबार साँझ मूल घरमा सासूससुरासँगै खाजा खाएर आफ्नै घर गएको ससुरा रत्नबहादुर घतानीले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ११ बजेसम्म बुहारीको चहलपहल नभएपछि सासूले छिमेकीसहित घरमा गएर हेर्दा ढोकामा ताल्चा लगाएको तर भित्र खाटमा सिरक ओडेर घो’प्टो परेको बुहारीलाई मृ’त अव’स्थामा भेटिएको थियो। प्रत्यक्षदर्शीका अनुसार त्यहाँ रग’तको भल बगेको थियो।

उनीहरुले घ’टनाका बारेमा तत्काल प्रह’रीलाई खबर गरेका थिए। सदरमुकाम नजिकै भएकाले सोही समयमा प्रहरी टोली घ’टनास्थलमा पुगेर अनु’सन्धान थालेको प्रहरी प्रमुख एंव प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिए।

मृ’तक घतानीले प्रयोग गरेको साम्सुङ मोबाइल र कानमा लगाएको रिङसमेत हराएको छ भने नाकमा लगाएको फुली र गलामा लगाएको तिलहरी साथमै रहेको तर अन्य केही पनि सामग्री फेला नपरेको प्रहरीले जनाएको छ। दुवै हातमा गहिरो चो’ट भए पनि प्रयोग गरिएको कुनै हति’यार नभेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उत्तम कार्कीका अनुसार घटना घटाइएको श’ङ्का गर्न सकिने भए पनि अनुसन्धानका क्रममा रहेको छ। हातको नशासमेत का’टिएपछि अत्यधिक रक्तस्रावका कारण उनको मृ’त्यु भएको हुनसक्ने अनुमान प्रहरीको छ। झट्ट हेर्दा च’क्कु या ब्ले’ट प्रयोग गरेको हुनसक्ने भए पनि घ’टनास्थलमा कुनै सामग्री नभेटिनु र बाहिरबाट ताल्चा लगाउनुले घटना थप रहस्यमय बनेको छ।

तत्काल श’व नबुझ्ने आफन्तको भनाइ

आज बिहान जिल्ला अस्पताल फाप्लुमा श’व परीक्षण गरिएको भए पनि परिवारले श’व बुझेका छैनन्। मृत’कका भाई गोपाल घिमिरेले आफ्नो दिदीको ह’त्या भएको दाबी गर्दै तत्काल ह’त्यारा पत्ता लगाई कारवाहीको दायरामा ल्याउन माग गरे। उनले ह’त्यारा पत्ता नलागेसम्म श’व जिम्मा नलिने बताए। प्रहरीप्रति विश्वास भए पनि घा’त नहोस् भन्ने हेतुले तत्काल श’व नबुझ्ने उनको भनाइ छ।

मृ’तक महिलाका श्रीमान् अमर घतानी विगत दुई वर्षदेखि वैदेशिक रोजगारीका क्रममा साउदीमा छन् भने छोरीको विवाह भइसकेको र दुई छोरा काठमाडौँमा रहेको आफन्तले बताएका छन्। घरमा मुगामाया एक्लै बस्दै आएकी थिइन्।

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु