नेपाल र चिनबीच यी तीन विषयमा सम्झौता भयो


 

भाद्र २३, काठमाडौं । नेपाल र चीनबीच तीन सम्झौता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सोमबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो । काठमाडौंको एक पाँचतारे होटलमा उच्चस्तरीय वार्तापछि चिनियाँ विदेशमन्त्री यी र नेपाली सकमक्षी प्रदीप ज्ञवालीको उपस्थितिमा हस्ताक्षर भएको हो ।

पहिलो सम्झौता मनाङमा अस्पताल बनाउने छ । करिव ३५ करोड रुपैयाँ लागतमा चीनले अस्पताल बनाइदिने भएको हो । दोस्रो सम्झौता आपतकालीन राहतका लागि ५ हजार टेन्ट उपलब्ध गराउने छ ।

दुबै सम्झौतामा अर्थसचिव र चाइना डेभलोपमेन्ट को अपरेशनका उपाध्यक्षले हस्ताक्षर गरेका छन् । तेस्रो सम्झौता चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेछ । यसमा शिक्षासचिवले हस्ताक्षर गरे ।

र याे पनि अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध, १ लाख ५० हजारसम्म जरिबाना !

एजेन्सी– भारतको गुजरातमा अविवाहित युवतीहरुमाथि मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । गुजरातको जाललो गाउँको ठाकोर समुदायले अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध लगाएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार यस समुदायले अविवाहित युवतीहरूले मोबाइल बोक्नु उचित मानेको छैन । जालोल गाउँका ठाकोर समुदायका मानिसहरूले पञ्चायत बोलाए । पञ्चायतले आफ्ना समुदायका अविवाहित युवतीहरूलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।

गाउँवासीहरू पञ्चायतको यस आदेशलाई आफ्नो संविधान सरह मान्छन् । पञ्चायतमा समुदायका मानिसहरू आफ्ना लागि आफैं नियम तय गर्छन् । यो नयाँ नियमअनुसार अविवाहित युवतीले मोबाइल फोन राखे भने ठाकोर समाजको नियम उल्लंघन गरेको मानिने छ । यसलाई अपराधका रूपमा लिइने छ ।

यदि कुनै अविवाहित युवतीबाट मोबाइल बरामद भएको खण्डमा उनका पितालाई जरिमाना गरिने छ । जरिमाना स्वरूप १ लाख ५० हजार भारू पञ्चायतलाई बुझाउनुपर्ने छ । यसबाहेक यदि युवतीले अभिभावकको सहमतिबिना विवाह गरेमा पनि पञ्चायतले अपराध गरेको मान्दछ ।

जिल्ला पञ्चायत सदस्यका अनुसार पञ्चायतले समाजको हितका लागि यस्तै विभिन्न निर्णय गर्दै आएको छ । विवाहमा अनावश्यक खर्च रोक्नका लागि डिजे र आतिसबाजीमा पनि पञ्चायतले रोक लगाउने निर्णय गरेको छ ।

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु