उद्घाटन कै दिन ‘स्टार्ट’ भएन सुन्दर यातायातको विद्युतीय बस


 

काठमान्डौ , उद्घाटन कै दिन सुन्दर यातायातको विद्युतीय बसमा समस्या देखिएको छ । सोमबार काठमाण्डौ स्थित महेन्द्र पुलिस क्लबमा आज उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले विद्युतीय बसको उद्घाटन गरेका हुन्।

तस्बिर : सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाको फेसबुकबाट।

कम्पनीले उद्घाटन समारोहको लागि एउटा रातो र एउटा हरियो गरी २ वटा गाडी राखेको थियो । उद्घाटनपछि तिनै गाडीमा उद्घाटन समारोहमा उपस्थितहरुलाई टुडिखेल परिक्रमा गराउने कार्यक्रम थियो । जस अनुसार उपप्रधान एवं रक्षामन्त्री पोखरेल सहितको एउटा टोली हरियो बस चढेर टुडिखेल परिक्रमाको लागि निस्किए।

हरियो बसमा नअटेकाहरु टुडिखेल परिक्रमाको लागि रातो बसमा चढे । तर बस चढेको १५ मिनेटसम्म पनि बस स्टार्ट नै भएन । इलेक्ट्रिक बसको अनुभव लिन बस चढेकाहरु १५ मिनेटसम्म पनि बस स्टार्ट नभएपछि ओर्लिए । हरियो बस फर्केर आएपछि बाँकिलाई टुडिखेल परिक्रमाको लागि लगिएको थियो ।

प्रकाशित भएको : September 9th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु