
बैंकिङ खबर । अब चेक र चेकबुक पनि अति जतन गर्नुपर्ने छ । खातामा रकम नहुँदा वा पैसा जम्मा भइहाल्छ भनेर चेक का’ट्नु हुँदैन । चेक काटी हालेको अबस्थामा व्यालेन्स राम्ररी हेर्न जरुरी छ ।
त्यससँगै हस्ताक्षर मिल्यो वा मिलेन भन्ने विषय पनि अब राम्ररी हेर्नुपर्ने हुन्छ । यदी तपाईको हस्ताक्षर मिलेको छैन भने पनि चेक साटीदैन । त्यस्तो अबस्थामा पनि एकसाताको मात्रै म्याद रहन्छ । यस कारण चेकमा हस्ताक्षर नमिलेर दुख पाउनु भएको छ भने तुरुन्तै हस्ताक्षर परिबर्तन गर्नूहोस् । अन्यथा तपाईलाई बैंकिङ कसुरकै स’जाय हुने छ ।
बैंकप्रतिको विश्वास कायम गर्न नेपाल राष्ट्र बैंक बाउन्स चेकको विषयमा कडा रुपले प्रस्तुत भएको हो । राष्ट्र बैंकले एकीकृत निर्देशिका मार्फत पैसा नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले एकसाताको म्याद दिने र त्यसपछि कालो सूचिमा राख्ने व्यवस्था गरेको छ ।
बैंकिङ प्रणालीप्रति विश्वास कायम गर्न यस्तो नीति लियएको बताइएको छ । खातामा रकम नभएमा वा अपुग भएमा तथा हस्ताक्षर नमिलेमा बैंकले एक साताको समयसीमा भित्र खातावालालाई जानकारी दिनु पर्ने छ । उक्त अवधिमा भुक्तानी नभए उक्त व्यक्ति कालोसूचीमा पर्ने छ । अब यो विषय बैंकिङ कसुरको स’जायमा पर्ने छ ।
प्रतिकृया दिनुहोस्