
काठमाडाैँ, २४ भदाै । भारतबाट आजदेखि आैपचारिक रुपमा पेट्राेलियम पदार्थ पाइपलाइनमार्फत आयात सुरु भएसँगै लागु हुनेगरी पेट्राेलियम पदार्थकाे मूल्य पनि घटाइएकाे छ ।
मंगलबार (आज) मध्याह्न १२ बजेदेखि नै लागू हुनेगरी डिजेल/मट्टितेल र पेट्राेलमा प्रतिलिटर दुई/दुई रुपैयाँकाे दरले मूल्य घटाएको नेपाल आयल निगमले जनाएकाे छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार प्रमुख तीन इन्धनको साविक मूल्यमा २ रुपैयाँ घटाइएको हो। मूल्य घटेसँगै अब काठमाडाैँ थानकाेट डिपाेबाट वितरण हुने डिजेल र मट्टितेलकाे मूल्य प्रतिलिटर ९५ रुपैयाँ र पेट्रोलकाे मूल्य १०७ रुपैयाँ कायम भएको छ ।
यससँगै काठमाडाैँबाहिर रहेका निगमका अन्य डिपाेबाट वितरण हुने पेट्राेलियम पदार्थकाे मूल्य झनै सस्ताे भएकाे छ । निगमले थानकाेटबाहेकका डिपाेका लागि फरकफरक मूल्य निर्धारण गरेकाे छ । जसअनुसार पाेखरा र दाङ डिपाेका लागि डिजेल/मट्टितेलकाे मुल्य रु ९४ रुपैयाँ ५० पैसा र पेट्राेलकाे मूल्य रु १०६ रुपैयाँ ५० पैसा कायम गरिएकाे छ । यीबाहेक अन्य डिपाेका लागि भने डिजेल/मट्टितेलकाे मुल्य रु ९३ रुपैयाँ ५० पैसा र पेट्राेलकाे मूल्य रु १०५ रुपैयाँ ५० पैसा कायम गरिएकाे छ ।
निगमले आजैदेखि भारतबाट पाइपलाइनमार्फत नियमित रुपमा पेट्राेलियम पदार्थ भित्रयाउँदै छ । पाइपलाइनकाे आजै नेपाल र भारतका प्रधानमन्त्रीमन्त्रीले संयुक्त रुपमा उद्घाटन गर्नुभएकाे छ ।
प्रतिकृया दिनुहोस्