पत्नी वियो*गको पी*डा सहन नसकेर युवकले गरे आ*त्मह*त्या


 

ओखलढुंगा–ओखलढुंगामा पत्नी वियो*गको पी*डा स*हन नसकेर एक युवकले आ*त्मह*त्या गरेका छन् । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदौरेका २२ वर्षीय नविन परियारले आईतबार आ*त्मह*त्या गरेका हुन् । गत जेठ महिनाको अन्तिम साता बैबाहिक बन्धनमा बाँधिएकी खोटाङ रावाबेसी गाउँपालिका २ की २१ वर्षीय गंगा परियारले गत भदौ ४ गते माइतीमै झु*न्डिएर आ*त्मह*त्यागरेकी थिइन् ।

एसइइको मौका परीक्षा दिन माइत गएको समयमा उनले झु*न्डिएर आ*त्मह*त्या गरेको पारिवारिक श्रोतलाई उदृत गर्दै भदौरे ६ का वडा अध्यक्ष कृष्णबहादुर केप्छाकी मगरले बताए । वैवाहिक बन्धनमा बाँधिएपछि गंगा घरमा बस्दै आएकी थिइन् भने नविन कामको सिलसिलामा काठमाडौंमा बस्ने गरेका थिए । तर श्रीमती परीक्षा दिन माइत जाने भएपछि घर आएका नविन परीक्षा सकेको २ दिन पनि नबित्दै श्रीमतीले आ*त्मह*त्या गरेपछि बि*छिप्त बनेका थिए । गंगाले आ*त्मह*त्या गर्नुको कारण नखुलेपनि नविनले भने पत्नी वियो*गका कारण आ*त्मह*त्या गरेको पुष्टि भएको छ ।

घर नजिकै रहेको रुखमा सलको पासो लगाएर आ*त्मह*त्या गरेका नविनले आ*त्मह*त्या गर्नुअघि श्रीमतीको नाममा लेखेको चिठ्ठी समेत फेला परेको छ । चिठ्ठीमा उनले लेखेका छन्, ‘प्यारी श्रीमती ! तिमी म भन्दा अगाडी गयौ, म पनि तिम्रो पछिपछि आउँदैछु , यो कदम मैले कसैको करकापले लिएर हैन’ भनि लेखेका छन् । दुई छोरा रहेको परिवारमा कान्छा छोरा–बुहारीले आ*त्मह*त्या गरेपछि सो परिवार बिछिप्त छ । आ*त्मह*त्यापछि नविनको श*वलाई पोष्ट*मार्टम गर दाहा*संस्कार गरिएको परिवारिक श्रोतले जनाएको छ ।

प्रकाशित भएको : September 10th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु