म’रेको बोइलर कुखुरा भारतबाट लुकाइझिपाइ नेपाल भित्र्याइन्छ, मासु पसलबाट त्यही कुखुराको मासु पुग्छ आम नागरिकको भान्सामा


 

विराटनगर : सरकारले भारतबाट आयात गर्न पूर्ण रुपमा प्र’तिबन्ध लगाएको बोइलर कुखुरा मारेर अ’वैध रुपमा नेपाल भित्र्याउने गरेको पाइएको छ।

चो’री त’स्करीमा संलग्नले मा’रेर झोलामा राख्दै साइकल, रिक्सालगायत साधनमा हालेर जोगवनी, दरैया, हुलास मेटल, मटेर्वा समेतका नाकाबाट नेपाल ल्याउने गरेका हुन्। बर्डफ्लु भित्रने र त्यसको जो’खिम हुने भन्दै सरकारले बोइलर आयातमा पूर्ण रुपमा प्र’तिबन्ध लगाएको छ।

जिउँदै कुखुरा त’स्करी गरेर ल्याउने गरिएकोमा पछिल्लो समय मा’रेर ल्याउन थालिएको प्रहरीले जनाएको छ। ‘जिउँदोलाई झोलामा राख्न पनि अप्ठेरो हुन्छ। एउटा जिउँदो राख्ने ठाउँमा दुईवटा म’रेका कुखुरा अट्छन्,’ एक प्रहरीले भने, ‘झोलामा राख्न सजिलो होस् र परबाट हेर्दा कुखुरा ल्याउँदै गरेको नदेखिओस भनेर मा’रेर ल्याउने गरेको पाइयो। यसरी भित्राइएका कुखुरा मासु पसलमा पुर्‍याएर सस्तोमा बिक्री गर्ने गरिँदो रहेछ।’

भारतबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरिएका म’रेका बोइलर कुखुरा। तस्बिर : अन्नपूर्ण पोष्ट अनलाईबाट

भारतबाट मारेर ल्याएपछि नेपालमा बिक्री हुने र त्यो मासु पसलबाट उपभोक्तालाई बिक्री गर्ने गरिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताए।

नेपालतर्फ बोइलर त’स्करी गर्ने आठजना भारतीय नागरिकलाई प्रहरीले आइतबार विराटनगरबाट प’क्राउ गरेसँगै म’रेका कुखुरा धमाधम नेपाल भित्राइरहेको पुष्टि भएको हो। विराटनगर महानगरपालिका–१५ हुलास मेटलबाट एक सय ४४ वटा बोइलर पनि बरामद भएको छ। बरामद भएका मध्ये एक सय दुईवटा कुखुरा म’रेको अवस्थामा भेटिएको मोरङ प्रहरीका डीएसपी घनश्याम श्रेष्ठले बताए।

प’क्राउ पर्नेमा भारत विहार स्लामपुरका २१ वर्षी मोहम्मद सेनदेन, २२ वर्षीय आजाद अली, मोहम्मद अजबुल, अजात अली, १७ वर्षीय मोहम्मद ईरफन, १८ वर्षीय मोहम्मद मुस्तक, मोहम्मद मनु र मोहम्मद मजेबुल छन्।

डीएसपी श्रेष्ठले प’क्राउ परेकाले भारतबाट नेपालतर्फ अ’वैध रुपमा बोइलर कुखुरा भित्राउने काम गरिरहेको खुलेको बताए। साउन यता मात्रै मोरङमा भारतबाट भित्राइएका तीन सय बढी बोइलर प्रहरीले बरामद गरेर न’ष्ट गरिसकेको छ। त’स्करीमा संलग्न १३ जना प’क्राउ परेका छन्।

पछिल्लो समय प’क्राउ परेकालाई आवश्यक कार’बाहीका लागि पशु क्वारेन्टाइन चेक पोस्ट विराटनगरमा बुझाइएको उनको भनाइ छ। चेक पोस्टका निमित्त प्रमुख केशवकुमार सिंहले प’क्राउ परेकालाई जनही तीन हजार रुपैयाँका दरले ज’रिवाना गरिएको बताए। कुखुरा न’ष्ट गर्दै त’स्करीमा संलग्नलाई कार’बाही गरेर छाडिएको उनको भनाइ छ।

सीमावर्ती भारतीय बजारमा प्रति किलो एक सय ८० रुपैयाँ सम्ममा बोइलरको मासु पाइन्छ। नेपाली बजारमा अहिले दुई सय ८० देखि तीन सय २० रुपैयाँसम्म पर्छ। निमित्त प्रमुख सिंहले नेपालमा भन्दा भारतमा मासु सस्तोमा पाइने भएकाले नेपालतर्फ बोइलर त’स्करी हुने गरेको पाइएको बताए।

भेटरीनरी अस्पताल तथा पशु सेवा विधि केन्द्र मोरङका प्रमुख डा. सुशील अधिकारीले बर्डफ्लुबाट बच्न कुखुराको त’स्करी रोक्दै नेपाल–भारत सीमा क्षेत्रमा कडाई गर्नुको विकल्प नभएको बताए। कोही कसैले ल्याएको पाइएमा तत्काल खाल्डो खनेर न’ष्ट गर्नु पर्ने उनको भनाइ छ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले कुखुरा त’स्करी नियन्त्रण गर्न सशस्त्र र नेपाल प्रहरी परिचालन गरेर सबै ठाउँमा कडाई थालिएको बताए। ‘सीमा नाकामा कडाई गर्नुको विकल्प छैन,’ उनले भने, ‘मासु पसलमा पनि भारतबाट आयात भएका कुखुराको मासु बिक्री हुन्छ कि हुँदैन भनेर अनुगमन आवश्यक देखियो।’

प्रकाशित भएको : September 10th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु