आफ्नै कार्यकर्ताले विश्वप्रकाश र गगन थापाको राजीनामा,मागे


 

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकार्षण गराएका हुन् । समयमै महाधिवेशन सम्पन्न गरि सबै भातृ संस्थाहरुको निर्वाचनमार्फत नेतृत्व चयन गरि पार्टीलाई बलियो बनाउनुपर्ने उनीहरुको जोड थियो ।

पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान शुरु गरि पार्टीका भ्रातृ संस्थाहरुलाई निष्कृय बनाएको उनीहरुको आरोप छ । जारी विज्ञप्तीमा भनिएको छ,‘यसप्रति हाम्रो ध्यानाकर्षण भएको छ । पार्टीलाई विधि विधान र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित रहेर संचालन गरिनुपर्ने, भ्रातृ संगठनहरुको गठन र महाधिवेशन गरिपर्ने, पार्टीको महाधिवेशनको मिति घोषणा गर्न जोडदार रुपमा माग गर्दछौं । अन्यथा पार्टीलाई एकलौटी ढङ्गबाट चलाउन खोजिए त्यसका विरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौं ।’

कार्यक्रममा बोल्दै नेविसंघका पूर्व उपाध्यक्ष तथा युवा नेता क्षितिज भण्डारीले वर्तमान कम्युनिष्ट नेतृत्वको सरकारको अधिनायकवादी कदमको आफ्नो पार्टीले सशक्त विरोध गर्न नसकेको आरोप लगाए । उनले तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको नेतृत्वदायी क्षमता र भूमिका वर्तमान सभापति शेरबहादुर देउवाले अनुशरण गर्नुपर्ने सुझाए ।

पार्टी नेतृत्वले ७ दिनभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला पक्षको सम्मानजनक उपस्थितिमा महाधिवेशन गर्ने केन्द्रिय समिति गठन नगरे ७७ वटै जिल्ला पार्टी कार्यालयमा आन्दोलन र केन्द्रिय कार्यालयमा आमरण अनशन गरिने पनि भण्डारीको चेतावनी थियो । त्यस्तै, उनले पार्टीको दोस्रो चरणको जागरण अभियान सकिएलगत्तै आमरण अनशन सुरु गर्ने पनि चेतावनी दिए ।

अन्तिम पटक अपडेट गरिएको : November 9th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु