सर्वेन्द्र खनालको चेतावनी: विदेशी अपराधिलाई नेपालमा टिक्न दिन्न (भिडियो)


 

काठमाडौं। प्रहरी महानिरीक्षक शर्वेन्द्र खनालले नेपाललाई विदेशी अपराधीहरुको क्रिडास्थल बन्न नदिन नेपाल प्रहरी सक्षम रहेको बताएका छन्।

प्रहरी महानिरीक्षक खनालले नेपालमा आएर उन्मुक्ति पाउँछु भन्ने सोच विदेशी अपराधिहरुले नराख्दा हुने चेतावनी दिए। उनले विदेशी अपराधीहरुले कानुन दायरामा आउन मात्रै नेपाल आए हुने चेतापनी दिए।

उन्मुक्ति पाउने आशयका साथ विदेशी अपराधिहरु नेपाल आए उनीहरुलाई कुनै पनि हालतका कार्वाहीको दायरामा ल्याउने प्रहरी महानिरीक्षक खनालको भनाइ छ।

मंगलबार नेपाल पुलिस क्लव परिसरमा एक भवनको शिलान्यास गर्दै उनले नेपाल प्रहरीले विदेशी अपराधीहरु नियन्त्रणका लागि उर्जाका साथ काम गरिरहेको दावी गरे।

प्रहरी महानिरीक्षक खनालले अपराध गरेपछि नेपालमा उन्मुक्ति पाइन्छ भन्ने गलत सोच नराख्न आग्रह गरे। उनले साइबर क्राइम नियन्त्रणको कामलाई पनि नेपाल प्रहरीले उच्च प्राथमिकताका साथ अघि बढाएको जनाए।

प्रकाशित भएको : September 10th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु