प्रचण्डका घरबेटीलाई मेलम्चीको ठेक्का


 

काठमाडौं – ठेक्का लिएका सडक र पुल निर्माण समयमै सम्पन्न नगरेर आ*लोचित बन्दा पनि राजनीतिक शक्तिको आडमा का*लो सूचीमा नपरेको सैलुङ कन्स्ट्रक्सनलाई मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन विस्तार र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का दिइएको छ। सैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदा अधिकारी हुन्। उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्दै आएका छन्। उनकी बुहारी बिना मगर खानेपानी मन्त्री छिन्।सैलुङले भारतीय सिआइपिइएलसँग ज्वाइन्ट भेन्चरमा एक अर्ब ४१ करोड रुपैयाँको लागतमा एक सय पाँच किलोमिटर पाइपलाइन र ओभरहेड ट्यांकी निर्माण गर्ने ठेक्का पाएको हो।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तिरेश खत्रीले सिआइपिइएल÷सैलुङ जेभीले सार्वजनिक खरिद ऐनबमोजिम सबैभन्दा कम रकम क*बोल गरेकाले ठेक्का पाएको बताए। उनले भने, ‘जेभीले लागत इ*स्टिमेटभन्दा झन्डै ५० करोड रुपैयाँ कममा क*बोल गरेकाले ठेक्का पाएको हो।’ उक्त आयोजनाका लागि दुई अर्ब पाँच करोड रुपैयाँको लागत इ*स्टिमेट तयार पारिएको थियो। निर्देशनालयका अनुसार पाँचवटा ठेकेदार कम्पनी बो*लपत्रमा सहभागी थिए।उनकै घरमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल बस्छन्।

सैलुङले यसअघि ठेक्का पाएका भक्तपुर–नगरकोट चाबहिल–जोरपाटी, जोरपाटी–सुन्दरीजललगायत आधा दर्जनभन्दा बढी सडक अ*लपत्र छन्।जेभीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी ठेक्का पाएको हो। प्रमु ख खत्रीले ठेकेदार कम्पनीले आवश्यक पाइप तथा निर्माण सामग्री संकलन गरेर तयारी थालेको बताए। ‘अहिले बर्खा भएकाले पाइपलाइन विस्तार गर्ने अ*नुमति पाएका छैनौं,’ उनले भने, ‘ठेकेदार कम्पनीले पूर्वाधार निर्माणका लागि पूर्वतयारी गरिरहेको छ।करोडौं बजेटका सडक र पुलको काम अ*लपत्र पारे पनि राजनीतिक प*हुँचकै कारण सैलुङ का*लोसूचीमा नपरेको सरकारी अधिकारीहरु नै बताउँछन्।

सैलुङले यसअघि ठेक्का पाएका भक्तपुर–नगरकोट, चाबहिल–जोरपाटी, जोरपाटी–सुन्दरीजललगायत आधा दर्जनभन्दा बढी सडक अ*लपत्र छन्। आयोजनाहरु यस्तै अलपत्र पार्ने अर्को ठूलो कम्पनी पप्पुलाई भने अहिले का*लोसूचीमा राखिएको छ।नेकपा अध्यक्ष दाहाल र खानेपानी मन्त्री मगरको द*बाबमा सिआइपिइएल÷सैलुङलाई ठेक्का दिनुभएको हो भन्ने प्रश्नमा आयोजना प्रमुख खत्रीले भने, ‘कसैको द*बाबमा ठेक्का दिएका होइनौं। सिआइपिइएल÷सैलुङले सार्वजनिक खरिद ऐनअनुसार क*बोल गरेकाले प्राप्त गरेको हो।’यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।

अन्तिम पटक अपडेट गरिएको : October 22nd, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु