ऐश्वर्याका यस्ता बानी अभिषेककी दिदी श्वेतालाई मन पर्दैन


 

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय र अभिनेता अभिषेक बच्चन बिबाह बन्धनमा बाँधिएको पनि १० भन्दा बढी भइरहेको छ । यी दुई बीच बच्चा पनि भइसकेको छ । तर, कहिलेकाँही खटपट पर्ने गरेको समाचार पनि बाहिरिने गरेका छन् ।

केही समयअघि बलिउड निर्देशक करण जोहरको टेलिभिजन शो ‘कफि विथ करण’मा पुगेर अभिषेक र उनका दिदी श्वेता नन्दाले केही समय ऐश्वर्याको नराम्रो बानीको बारेमा चर्चा गर्न खर्चिए । यी दिदी –भाइले कार्यक्रममा बच्चन परिवारसँग जोडिएका थुप्रै कुराहरुको खुलासा गरेका थिए ।

मोडल, पत्रकार तथा कार्यक्रम प्रस्तोता श्वेताले आफ्नो भाई अभिषेक बच्चनको प्रशंसा गर्दै भनिन्, ‘अभिषेक असल भाई मात्रै नभएर असल श्रीमान् पनि हो । साथै परिवारको लागि पनि कुशल सदस्य हो । ऊ परिवारको लागि सधैँ इमानन्दार रहन्छ ।’ साथै, उनले ऐश्वर्याको विषयमा पनि बोलेकी थिइन् । कार्यक्रमको र्यापिड फायर राउन्डमा करणले ऐश्वर्याको कुन बानी मन पर्दैन भन्ने जवाफमा उनले भनिन्, ‘ऐश्वर्या म्यासेज र फोन कलको जवाफ दिन निकै लामो समय लगाउँछिन् । मलाई उनको यो बानी पटक्कै मन पर्दैन ।’

प्रकाशित भएको : September 11th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु