मुम्बईमा हात हालेर नेपाल फर्किए कृष्ण रुपा..हेर्नुहोस् ।


 

काठमाडौं / हातखुट्टा गुमाएर कसैको सहारा बिना हिडडुल गर्न नसक्ने कृष्ण आफ्नै कृतिम खुट्टाले हिड्न सक्ने भएका छन् र यतिबेला मुम्बईमा हात हालेर कृष्णवली नेपाल फर्किएका छन् ।खासगरी रुपा र कृष्ण लगायत स-परिवार उपचारको शिलशिलामा मुम्बईमा पुगेका, उनीहरु बिगत साउन पहिलो साता देखि कृष्णका हात हाल्न मुम्बईमा रहेका थिए ।

उपचारका लागि अझै मुम्बईमा कति समय लाग्छ भन्ने बारे एकिन भएको छैन तर उपचारकै क्रममा रहेको उनीहरुले बताएका थिए । बेलाबखत मुम्बई उपचार बसाईका फोटाहरु आफ्नो सामाजिक संजाल मार्फत पस्किदै आएका कृष्ण रुपा भर्खरै मात्र नेपाल फर्किएका हुन् ।कृष्णको खुट्टा जोडिसकेको छ । रुपाको सहारा बिना हिड्न नसक्ने कृष्ण, यतिखेर आफ्नै जोडिएको खुट्टाले घुमिरहेका छन्

अब उनका दुवै हातहरु जोडिने छन् र एकदिन कृष्णका हातहरुले रूपालाई अँगालोमा हालेको दृश्य हेर्न देश बिदेशमा रहेका मनकारीहरु पर्खाइमा छन् । अमुल्य शरीर गुमाएका कृष्ण सपाङ्ग भएको त्यो दिनको पर्खाइमा शुभचिन्तकहरु कुरेर बसेका छन् ।शुभ चिन्तकहरुको यो मायाको सौगात प्रति हृदय देखि सम्झना गर्दै रुपा र कृष्णले धेरै धेरै धन्यबाद दिंदै आएका छन् ।

रुपा र कृष्णको लागि सामाजिक सञ्जलाल फेसबुकमा Fundraiser बाट १ लाख डलर अर्थात नेपाली एक करोड १५ लाख उठेको थियो । यसबाहेक विभिन्न देशहरु र विभिन्न युट्युव च्यानलहरुले सहयोगको आग्रह गर्दै ठूलो रकम उठाएका थिए सो रकम पनि करोडौंको हाराहारीमा पुगेको अनुमान गरिएको छ । तर अहिलेसम्म त्यो रकम कहाँ सदुपयोग भयो भन्ने हिसाव किताव सार्वजनिक भएको छैन ।

उपचारपश्चात उठेको सम्पूर्ण रकमको हिसाव सार्वजनिक होस भन्ने हाम्रो कामना ।

प्रकाशित भएको : September 11th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु