सल्यानकी विन्दु विकको दुवै मृगौला फेल, श्रीमानले अर्कै संग विहे गरे, सहयोगको लागि आग्रह


 

सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ५ बस्ने ३२ वर्षिया विन्दु वि.क. दुवै मृगौला फेल भएपछि उपचारको अभावमा छटपटाइरहेकी छन ।

२ जना बच्चाकी आमा समेत रहेकी विन्दु का श्रीमान दोस्रो विहे गरेर भारत पसे देखि सम्पर्क विहिन बनेका छन । कमजोर पारिवारीक अवस्थाका कारण उनको उपचार हुन नसकेको विन्दुका बुवा नियम विकले बताए ।

विगत १० महिना देखि दुवै मृगौला फेल भई विभिन्न अस्पतालमा उपचार गराउदै हाल सुमेरु हस्पिटल ललीतपुरमा डायलासिस मार्फत उपचार भईरहेको छ ।

डाक्टरको सल्लाह अनुसार उनको छिटै नै मृगौला प्रत्यारोपन गर्नुपर्ने र त्यसको लागि ठुलो रकम खर्च हुने भएकाले सबैले सहयोग गरि विन्दुको जिवन रक्षा गरिदिनका लागि उनका बुवा नियम वि.क.ले आग्रह गरेका छन ।

मृगौला पिडीत विन्दुलाई सहयोग गर्न माछापुछ्रे बैंक चावाहिल काठमाडौं शाखाको खाता नं. ५६—२३—५२४—६९७८३८—०१७ मा रकम जम्मा गर्न सकिने जानकारी विन्दुका परिवारजनले गराएकाछन ।

सके आर्थिक सहयोग गर्नुहोस नसके शेयर गर्नुहोस सहयोगी मन भएको मानिसको फेसबुक वालमा पुग्नेछ ।

प्रकाशित भएको : September 11th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु