दसैंमा घर जाने सस्तो हवाइ टिकट सकियो, छिटफुट महँगो बाँकी


 

-वसन्तराज उप्रेती

काठमाडौं।दशैंका लागि वायुसेवा कम्पनीको सस्तो टिकट सकिएको छ।दशैंको फूलपातीदेखि टिकासम्मका लागि सस्तो टिकट बुकिङ भइसकेको छ।वायुसेवा कम्पनीले अग्रिम टिकट नखुलाउँदै दशैंका लागि बुकिङ सकिएको छ। केही गन्तब्यमा महँगो टिकट समेत सकिएको खबर बिजमाण्डू डटकममा प्रकाशित भएको छ ।

Kathmandu Airport Interior

बिजमाण्डू डटकम लेख्छ प्रविधिका कारण एक महिना अघिनै टिकट सकिएको हो।विभिन्न पेमेन्ट गेटवे र हवाई कम्पनीको अनलाइनमार्फत बुकिङ गर्ने सुविधाका कारण एक महिना अघिनै टिकट सकिएको हो।इसेवा,आइएमई पे,प्रभु पे र खल्तीमार्फत हवाई टिकट बुकिङका साथै भूक्तानी गर्न सकिन्छ।यही कारण उपभोक्ताले अग्रिम टिकट काटे।

महँगो टिकट किन?

दशैंका बेलामा काठमाडौंबाट वाहिर जाने टिकटको मूल्य महँगो पर्छ।काठमाडौंबाट विभिन्न गन्तब्यमा जाने यात्रु धेरै हुने तर फर्किने बेलामा यात्रुनै नहुने भएकाले टिकट महँगो पर्छ।तर नेपाल नागरिक उड्डयन प्राधिकरणले तोकेको अधिकतम शुल्क भन्दा बढी भने लिन मिल्दैन।

‘अरु समयमा उडान गर्दै आएका विभिन्न गन्तब्यमा आउने/जाने यात्रुको संख्या झण्डै बराबरी हुन्छ। तर यो चाडवाडमा निश्चित गन्तब्यमा गएर फर्कने यात्रु नै कम हुन्छन्। त्यसैकारण यो समयमा सस्तो टिकट पाउनै मुस्किल हुन्छ’।

काठमाडौंबाट विभिन्न स्थानमा जाने भाडादर

प्रकाशित भएको : September 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु