
1 year ago
काठमाडौँ – सरकारद्वारा प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दसहित प’क्राउ परेका १७ जनालाई प्रहरीले रिहा गरेको छ ।
चितवन मेडिकल कलेजमा नाराबाजी गर्ने क्रममा बुधबार प’क्राउ परेका उनीहरुलाई बिहीबार बिहान रिहा गरिएको चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए । उनीहरु सबैलाई कलेजका सञ्चालक र आफन्तको रोहोबरमा हिरासतमुक्त गरिएको एसपी मल्लले बताए ।
अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरु प’क्राउ परेका थिए ।
अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,
प्रतिकृया दिनुहोस्