विप्लवका छोरा डाक्टर पढ्दै, अरुका छोराछोरी पढ्ने विद्यालय बन्द गर्दै


 

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ले भूमिगत भएर चलाएको नेपाल कम्यनिस्ट पार्टी (नेकपा)को गतिविधिले सर्वसाधारण जनताका छोराछोरीको भविष्य अन्धकार बन्ने अवस्थामा पुगेको छ ।

नेकपा निकट विद्यार्थी संगठनसहितका भातृसंस्थाहरूले मोटो रकम चन्दा माग गरेर धम्की, कुटपिट, मोसो दल्ने, जनकार’बाही लगायतका गतिविधि गर्दा सर्वसाधारण फेरि आतं’कित हुन पुगेका हुन् ।

त्यति मात्रै होइन विप्लव निकटको अखिल क्रान्तिकारीले देशभरिका विद्यालयमा बन्द हड्तालसहितका कार्यक्रम गरेर आतंक मच्चाइरहेको छ । यसबाट सबैभन्दा धेरै साना विद्यार्थीलाई मर्का परेको छ ।

कानून र संविधानविरुद्ध गएर अखिल क्रान्तिकारीले गतिविधि गरेको आरोप प्रहरी प्रशासनको छ ।

विप्लव पुत्र प्रकाश चन्द ।

नेकपाका महासचिव विप्लवले आफ्ना छोरा प्रकाश चन्दलाई चितवनको एउटा मेडिकल कलेजमा लाखौँ रुपियाँ खर्च गरेर एमबिबिएस डाक्टरको शिक्षा दिइरहेका छन् । लाखौँ रकम खर्च गरेर छोरालाई डाक्टर बनाउँदै गरेका विप्लवले जनताका छोराछोरी पढ्ने विद्यालयहरू भने धमाधम बन्द गराइरहेका छन् ।

विप्लवले छोरा प्रकाश चन्दलाई एमबिबिएस पढाउने लाखौँ रकम कहाँबाट ल्याए भनेर खोजी सुरु भएको छ । प्रकाश पढाइमा अब्बल पनि छैनन् । प्रकाशकै उक्साहटमा चितवनका विद्यालयहरू बेला बेलामा बन्द हुने गरेका छन् ।

राजनीतिक उदेश्य र चन्दाका लागि विप्लवले विद्यालयलाई निशाना बनाएकोमा अभिभावकहरूले आक्राश व्यक्त गरेका छन् । आफ्नो छोरोलाई एमबिबिएस डाक्टर पठाउने अरुका छोराछोरीलाई राजनीति उदेश्यका लागि लडाउने भनेर विप्लवको आलोचना पनि भएको छ ।

एकजना अभिभावकले भने, ‘विप्लव र उनको अखिल क्रान्तिकारीलाई विद्यालयका मालिकसँग चन्दको विषयमा समस्या छ भने मालिकहरूसँग डिल गरे हुन्छन् । विद्यार्थीको पठन पाठनलाई किन अबरोध पु-याउने ?’ विद्यालयको पठन पाठन बन्द गराउँदा लाखौ विद्यार्थी पढ्नबाट बञ्चित हुन्छन् ।

अन्तिम पटक अपडेट गरिएको : October 20th, 2019,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु