कलाकारितामा जम्दै थारु मोडल ऋतु नानु (फोटोफिचर)


 

भगतराम थारु

नेपालगन्ज । चर्चित मोडल ऋतु नानु चौधरी धमाधम म्युजिक भिडियोको छायाङ्कनमा व्यस्त छिन् । बर्दिया बारबर्दिया ९ कोनैथी घर भई हाल बाँकेको नेपालगन्जमा बसोबास गर्दै आएका मोडल ऋतु नानु थारु म्युजिक भिडियोमा जमेकी छन् ।

करिव ५ बर्षदेखि कलाकारिता पेशामा सक्रिय भएका ऋतु जागिरसंगै मोडलिङगलाई पनि निरन्तरता दिने बताउछिन् । भर्खरमात्र बर्दियाको ठाकुरबाबा नगरपालिका ३ मिर्चैयामा थारु सांस्कृतिक गीतको म्युजिक भिडियोमा पनि आफ्नो भूमिका रहेको मोडल ऋतु नानु बताउछिन् । छोटो समयमै आफ्नो थारु भाषाको गीतमा चर्चा कमाएकी ऋतु थारु म्युजिक भिडियोदेखि नेपाली म्युजिक भिडियोमा भुमिका निभाएकी छन् ।

लगनशिल ऋतु आफ्नै लगानीमा कलाकारिता क्षेत्रमा प्रवेश गरेको बताउछिन् । ‘कलाकारिता क्षेत्रमा नसा लागिसक्यो अब कलाकारिता क्षेत्रमै जिवन बिताउछु’ – उनले बताइन् ।

उनले अहिलेसम्म बोलो न बोलो बताउ न बताउ अपन तु मनके बात लभ यु कहो इ ज्यान तोहार हो, गोहर गोहर गाल तोहर फेसन बा कमाल, गरियानमे आग लगाके मचाईलो धमाल, बन्दिदी थुम्का लगाके, नाचो हो छमिया तु लेहगा उराके, थारु हाई मोर दारर्लिङग टु, प्यार भरल दिलसे तो प्यास बुझाके कम्मर मर्कादेउ एक्क चुटकीमा एक्क चुटकीमा मन परल तोहार चवन्नी मुस्कीमा लगायत दर्जन बढि गितको भ्युजिक भिडियोमा अभिनय गरिसककी छन् ।

प्रकाशित भएको : September 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु