
कतारमा अलपत्र ७ नेपाली अझै समस्याको सामना गरिरहेका छन् । मे २२ तारिख अर्थात् जेठ ८ गते त्यहाँ पुगेका उनीहरुले नेपाल फर्कन सहयोग मागेका छन् । मेनपावर कम्पनीले संझौताअनुसार काम नदिएकाले उनीहरु अलपत्र परेका हुन् । उनीहरु कतारको दोहा नज्मा भन्ने ठाउँमा छन् । दुई दिनअघिसम्म भने दोहाको अल्सादमा थिए । अलपत्र पर्नेहरुमा खोटाङ केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका २४ वर्षीय सुमन तामाङ, २१ वर्षीय तेजबहादुर अधिकारी, २४ वर्षीय टिकाराम खत्री, १९ वर्षीय कविराज खत्री छन् ।
त्यस्तै काठमाडौं थानकोटका २१ वर्षीय भुवन तामाङ, काभ्रे धुनिखेलका २३ वर्षीय सनकुमार तामाङ, रसुवाको कालिका गाउँपालिका–२ का २४ वर्षीय राजन मोक्तान समेत अलपत्र परेका छन् । उनीहरु काठमाडौंको गोगंबुस्थित पश्चिम नेपाल ओभरसिज प्रालिमार्फत कतार पुगेको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका सुमन तामाङले बताए । हामीलाई १२ देखि १४ सयसम्म तलब दिने भनेर प्रतिव्यक्ति एक लाख ५० हजार रुपैयाँ लिए तामाङले भने तर त्यसको बदला कतार ल्याएर हामीलाई अलपत्र पार्यो ।
तामाङले अनुरोध गरे हामी नेपाल फर्कन चाहन्छौं सहयोग गर्नु पर्यो।त्यहाँस्थित दूतावास जाने खर्चसमेत नहुँदा थप समस्यामा परेको उनीहरुले बताएका छन् । दूतावास जाने खर्च पनि छैन।तामाङले भने अब के गर्ने भन्ने नै थाहा छैन।आफूहरु अलपत्र परेको समाचार आएपछि तीन दिनदेखि सन्देश केसी नामको व्यक्ति आएर नेपाल पठाउँने आश्वासन दिए पनि अहिलेसम्म नपठाएको तामाङले सुनाए ।
समाचार आएपछि सन्देश केसी भन्ने एजेन्ट आएर नेपाल फर्काउने आश्वासन दिएको छ ।’ तामाङले भने–डुबेको पैसाको कुरा गर्दा यसको जिम्मेवारी नहुने भन्छ । यसबारेमा नेपाली दूतावासमा फोन गर्दासमेत बेवास्ता गरेको तामाङले गुनासो गरे । खोटाङ सेवा समाज कतारका अध्यक्ष रुद्र शर्माले आफूहरुको तर्फबाट सहयोग हुने बताए पनि पछिल्लो समय भेट हुन नसकेको तामाङको भनाइ छ ।
र यो पनि
सल्यानकी विन्दु विकको दुवै मृगौला फेल, श्रीमानले अर्कै संग विहे गरे, सहयोगको लागि आग्रह
सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नं. ५ बस्ने ३२ वर्षिया विन्दु वि.क. दुवै मृगौला फेल भएपछि उपचारको अभावमा छटपटाइरहेकी छन ।२ जना बच्चाकी आमा समेत रहेकी विन्दु का श्रीमान दोस्रो विहे गरेर भारत पसे देखि सम्पर्क विहिन बनेका छन । कमजोर पारिवारीक अवस्थाका कारण उनको उपचार हुन नसकेको विन्दुका बुवा नियम विकले बताए ।
विगत १० महिना देखि दुवै मृगौला फेल भई विभिन्न अस्पतालमा उपचार गराउदै हाल सुमेरु हस्पिटल ललीतपुरमा डायलासिस मार्फत उपचार भईरहेको छ ।
डाक्टरको सल्लाह अनुसार उनको छिटै नै मृगौला प्रत्यारोपन गर्नुपर्ने र त्यसको लागि ठुलो रकम खर्च हुने भएकाले सबैले सहयोग गरि विन्दुको जिवन रक्षा गरिदिनका लागि उनका बुवा नियम वि.क.ले आग्रह गरेका छन ।
मृगौला पिडीत विन्दुलाई सहयोग गर्न माछापुछ्रे बैंक चावाहिल काठमाडौं शाखाको खाता नं. ५६—२३—५२४—६९७८३८—०१७ मा रकम जम्मा गर्न सकिने जानकारी विन्दुका परिवारजनले गराएकाछन ।सके आर्थिक सहयोग गर्नुहोस नसके शेयर गर्नुहोस सहयोगी मन भएको मानिसको फेसबुक वालमा पुग्नेछ ।
प्रतिकृया दिनुहोस्