दसैंको अग्रिम टिकट बुकिङ असोज पाँचबाट खुल्ने


 

काठमाडौं । दसैंको अग्रिम टिकट बुकिङ असोज पाँच गतेबाट खुल्ने भएको छ । यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको हो ।

यो निर्णयसँगै उपत्यकाबाट दसैं मनाउन विभिन्न जिल्ला जाने सर्वसाधारणले दसैंअघि नै टिकट काट्न सक्ने भएका छन् । “व्यवसायीसँग भएको बैठकले असोज पाँचबाट अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिएको छ । अहिलेकै भाडादरमा यात्रुले टिकट काट्न सक्नेछन्,” विभागका महानिर्देशक गोगनबहादुर हमालले भने ।

फाइल तस्विर : टिकट काउन्टरमा टिकट बेच्न बसेका कर्मचारीहरु । झ्यालबाहिरबाट टिकट लिनको लागि लामबद्ध भएका यात्रुहरु ।

हवाइजहाजको टिकट सकियो

दसैं आउन एक महिना नै बाँकी रहँदा काठमाडौंबाट देशका विभिन्न स्थानमा जाने हवाइजहाजका सस्ता टिकटहरु बुक भैसकेका छन् । दशैंको फूलपातीदेखि टिकासम्मका लागि सस्तो टिकट बुकिङ भइसकेको छ।वायुसेवा कम्पनीले अग्रिम टिकट नखुलाउँदै दशैंका लागि बुकिङ सकिएको छ। केही गन्तब्यमा महँगो टिकट समेत सकिएको छ ।

प्रविधिका कारण एक महिना अघिनै टिकट सकिएको हो।विभिन्न पेमेन्ट गेटवे र हवाई कम्पनीको अनलाइनमार्फत बुकिङ गर्ने सुविधाका कारण एक महिना अघिनै टिकट सकिएको हो।इसेवा,आइएमई पे,प्रभु पे र खल्तीमार्फत हवाई टिकट बुकिङका साथै भूक्तानी गर्न सकिन्छ।यही कारण उपभोक्ताले अग्रिम टिकट काटे।

हवाइजहाजको भाडादर 

र यो पनि पढ्नुहोस्

दसैंमा घर जाने सस्तो हवाइ टिकट सकियो, छिटफुट महँगो बाँकी

प्रकाशित भएको : September 12th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु