७१ वटा बस स‌ंचालन गरिरहेको साझा यातायात निरन्तर घाटामा


 

साझा यातायात निरन्तर घाटामा

सार्वजनिक यातायातमा गेम चेन्जर बनेको साझा यातायाता निरन्तर घाटामा चलिरहेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार आर्थिक वर्ष २०७४/०७५ मा साझालाई एक करोड ७८ लाख रुपैयाँ घाटा भएको छ। अघिल्लो बर्ष १ करोड ८२ लाख रुपैयाँ थियो। कम्पनीले ०७४/०७५ मा १३ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ भने यहि अवधीमा १५ करोड रुपैयाँ कुल खर्च गरेको छ।

साझाले आफ्नो हातामा रहेको जग्गा र बसमा रहेको विज्ञानपन बोर्डबाट मासिक करिव १९ लाख रुपैयाँ आम्दानी गर्छ। यो आम्दानी पनि नभएको भए घाटा अझै बढी हुन्थ्यो। सित्तैमा पार्किङस्थल र पेट्रोल पम्म साझाको स्वामित्वमा छ।यी पूर्वाधारबाट अतिरिक्त आम्दानी गर्दै आएको छ।

महानगरभित्रका अधिक व्यस्त रुटहरुमा साझाले बस संचालन गर्छ। खाली कहिल्यै हिड्नुपर्दैन भरिभराउ यात्रु हुन्छन्। पीक आवरमा खचाखच यात्रु हुन्छन्। ठूला बस भएका कारण अन्य बस भन्दा तुलनात्मक रुपमा संचालन खर्च पनि कम छ।सरकारको अनुदानमा बस किनेकोले ऋणको व्याज तिर्नुपर्दैन्। साझा यातायातका कार्यकारी संचालक भूषण तुलाधारले सेवामा सम्झौता नगरि सेवा दिँदा घाटामा गएको बताउँछन्। बृद्ध ,अपाङगता भएका व्यक्तिसँग भाडा नलिने कारणले बस घाटामा गएको उनको तर्क छ।

साझाको ७१ ठुला बस संचालनमा छन्। बाग्लुङ सम्म दुईवटा रात्री बस संचालनमा छ। बाँकी बसहरु उपत्यकाका तीन जिल्लाका विभिन्न रुटहरुमा संचालनमा छन्। घाटामा रहेको साझालाई सरकारले बर्षेनी पैसा दिदै आएको छ।

बाँकी समाचार पढ्नुहोस्

प्रकाशित भएको : September 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु