
1 year ago
काठमाडौं– पछिल्लो समय नेपाली बजारमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । शुक्रवार छापावाल सुन प्रतितोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।
विहिवारको तुलनामा शुक्रवार सुनको मूल्यमा २ सय रुपैयाँको गिरावट आएको हो । विहिवार छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रवार तेजावी सुन भने प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
चाँदीको मूल्यमा पनि पछिल्लो समय गिरावट आएको छ ।
चाँदी शुक्रवार प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भैरहेको छ । विहिवार चाँदी प्रतितोला ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित भएको : September 13th, 2019
प्रतिकृया दिनुहोस्