पोखराका नन्द राना मगरको इजरायलमा असा*मयिक नि*धन


 

इजरायल – इजरायल तेलअविव स्थित जेरुशलम शहरमा कार्यरत नेपाली केयर गिभर पोखरा निवासी नन्द राना मगरको असामयिक निधन भएको छ ।

निजलाई घर नजिकै पर्ने क्लिनिक (उपचार केन्द्र) जाने बाटोमा इजरायली प्रहरीले सेप्टेम्बर ११ तारिख बेलुका २ बजे मृत अवस्थामा फेला परेको र सिसिटिभीबाट अनुसन्धान गर्दा आफै ढलेको / लडेको देखिएको जानकारी नेपाली दुतावास इजरायल मार्फत आफुहरुलाई प्राप्त भएको नेपाल आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरले तामाङअनलाइनलाई बताउनु भएको छ ।

नेपाल मगर संघ इजरायलकी अध्यक्ष लिला थापाको अनुसार निज नन्द राना मगरले यसअघि आफु बल्ड प्रेसरको बिरामी रहेको बताएको स्मरण गर्दै अचानक प्रेसर बढेकोले उपचार गर्न घर नजिकैको क्लिनिकमा जाँदै गर्दा ढलेर / लडेर मृत्यु भएको हुनसक्ने बताउनु भयो । मृतक नेपाल मगर संघ इजरायलको संगठन विभागको सदस्य रहेको थापाले जानकारी दिएकी छिन् ।

नेपाली दुतावास इजरायल मार्फत मृतकको पार्थिक शरीरलाई नेपालमा पठाउन आफ़न्तिलाई सम्पर्क गर्दै गरेको दुतावास श्रोतले बताएको समेत लिला थापाले तामाङअनलाइनलाई जानकारी दिनु भएको छ ।

प्रकाशित भएको : September 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु