महोत्तरीमा ३ वर्षीया दुधे बालिकाको यसरी भयो नि*धन


 

महोत्तरी जिल्लाको औरही नगरपालिकाको श्रीपुर गाउँमा बिहीबार राति क रेन्ट लागेर एक दूधे बालिकाको नि*धन भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको क रेन्ट लागेर निधन भएको हो ।

बालिका महतो आफ्नै घरमा खेलिरहेका बेला घरमा लगाइएको बिजुलीको बोर्डबाट भुँईतिर झुण्डिरहेको ना ङ्गो तार छुन पुग्दा उनको क*रेन्ट लागेर ज्यान ग*एको हो । मृ*तक बालिकाको श व परीक्षणका लागि आज बिहान जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको छ ।

वि*षालु सर्पले डस्दा महिलाको नि*धन- महोत्तरी जिल्लाको भंगहा नगरपालिका–५ मा बिहीबार राति वि*षालु स र्पले डस्दा एक महिलाको निधन भएको छ । निधन हुनेमा भंगहा नगरपालिका–५ बस्ने सुरजा सरदारकी पत्नी उर्मिलादेवी सरदार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

राति ९ बजेतिर आफ्नै घरमा काम गरिरहेकी महिला सरदारलाई वि षालु सर्पले डसेपछि परिवारजनले उपचारको लागि सिरहा जिल्लाको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा रहेको सर्पदंश उपचार केन्द्रमा लैजाँदै गर्दा राति करीब सवा १० बजे बाटोमै निधन भएको प्रहरी उपरीक्षक अधिकारीले बताउनुभयो ।

मृ*तक महिलाको श*व परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको र आज श*व परीक्षण गरिसकेपछि परिवारजनलाई बुझाइने जनाइएको छ ।

प्रकाशित भएको : September 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु