भाग्य चम्किएको छैन भने यस्ता उपाय छन् जसले मानिसको भाग्य चम्किन्छ


 

भनिन्छ कि विवाह पछि कुनै पनि व्यक्तिको भाग्यमा ठूलो परिवर्तन आउन सक्छ । हिन्दू शास्त्रमा पत्नीलाई पतिको अर्धाङ्गनी मानिएको छ । पत्नीको भाग्यको पतिको भाग्यमा पनि निकै ठूलो प्रभाव परेको हुन्छ । तर, सबैको हकमा यस्तै हुन्छ भन्ने छैन । कसैकसैको चाहिँ यसले झन् नराम्रो प्रभाव पारेको पनि हुन्छ । यदि कसैको विवाहपछि पनि भाग्य चम्किएको छैन भने यस्ता उपाय अपनाउन सकिन्छ जसले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउँछ ।

भारतका एक पण्डितले पनि त्यस्ता उपाय सुझाएका छन् जसका कारण पतिको भाग्यमा पत्नीका कारण परिवर्तन आउन सक्छ । शास्त्रमा स्त्रीलाई लक्ष्मीको दर्जामा राखिएको छ । स्त्रीलाई लक्ष्मी स्वरुप मानिने गरिएको छ । त्यसैले स्त्रीले विहान सधैं पूजापाठ गर्नु राम्रो मानिन्छ । यसले पतिको जीवनमा पनि ठूलो परिवर्तन ल्याउने विश्वास छ ।

महिलाले विहान उठेर सबैभन्दा पहिले स्नान गर्नु अवाश्यक छ । साथै, तुलसीलाई पानी चढाएर उनीहरुले आफ्नो दुःख हटाउनका लागि प्रार्थना गर्नु पर्ने हुन्छ । एक पंडितका अनुसार घरमा तामाको भाँडामा पानी राखेर पूरै घरमा छर्कनाले घरको वातावरण शुद्ध हुन्छ र यसले नकरात्मक शक्तिलाई हटाउन सहयोग गर्छ । अनि यसले घरमा समृद्धि ल्याउँछ ।

थप जानकारी

तपाईको भाग्य चम्किन्छ यो उमेरमा…

ज्योतिष शास्त्रका अनुसार फरक-फरक राशीका मानिसहरूको भाग्य पनि फरक-फरक उमेरमा चम्किन्छ । तपाईको जीवनका महत्वपूर्ण कामहरू कुन वर्षमा बन्छन् ।

थाहा पाउनुस्:

मेष: चू, चे, चो, ला, ली, लू, ले, लो, अ, अक्षरबाट नाम सुरु हुने मानिसहरूको जीवनमा १९, २२, २३, र २८ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ ।

वृष: ई, उ, ए, ओ, वा, वी, वू, वे, वो अक्षरबाट नाम सुरु हुने मानिसहरूको जीवनमा २०, २२, २४ र ३१ वर्षको उमेरमा महत्वपूर्ण उतारचढाव आउने गर्दछ।

मिथुन: का, की, कू, घ, ङ, छ, के, को, ह अक्षरबाट ना सुरू हुनेहरुको भाग्य १८, २१, ३०, र ३९ वर्षको उमेरमा चम्किन्छ ।

कर्कट: ही, हू, हे, हो, डा, डी, डु, डे, डो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १३, २२, र ३१ वर्षको उमेर महत्वपूर्ण हुने गर्दछ ।

सिंह: मा, मी, मू, मे, मो, टा, टी, टू, टे अक्षरबाट नाम सुरू हुनेहरुलाई २३, ३२, ४२, र ५० वर्षको उमेरमा धन, पद-प्रतिष्ठा प्राप्त हुने गर्दछ ।

कन्या: ढो, प, पी, पू, ष, ण, ठ, पे, पो अक्षरबाट नाम सुरु हुने मानिसहरुको १५, १८, २४, र ३३ वर्ष निकै नै उपलब्धी पूर्ण हुने गर्छ ।

तुला: र, री, रू, रे, रो, ता, ति, तू, ते अक्षरबाट नाम सुरु हुने मानिसहरुको जीवन १६, २५, र ३४ वर्षमा बदलिन्छ ।

वृश्चिक: तो, न, नी, नू, ने, नो, या, यि, यू अक्षरबाट नाम सुरू हुनेहरुले १७, २६, २८ वर्षमा सफलता प्राप्त गर्दछन् ।

धनु: य, यो, भा, भि, भू, ध, फा, ढ, भे अक्षरबाट नाम भएकाहरूको जीवनमा १८, २७, ३०, र ३६ वर्षमा अकल्पनिय सफलता प्राप्त हुने गर्दछ ।

मंकर: भो, जा, जी, खी, खू, खे, खो, गा, गी अक्षरबाट नाम सुरु हुने मानिसहरूले २४ र २५ वर्षको उमेरमा सफलता हासिल गर्ने गर्छन् ।

कुम्भ: गू, गे, गो, स, सी, सू, से, सो, द अक्षरहरूबाट नाम सुरू हुनेहरूको जीवनमा ३० र ३५ वर्ष महत्वपूर्ण हुने गर्दछ ।

मीन: दी, दू, थ, झ, ञ, दे, दो, च, ची अक्षरबाट नाम सुरू हुने मानिसहरू २१, ३०, ३३, र ३९ वर्षको उमेरमा सफलतामा रमाउन पाउनेछन् ।

थप जानकारी

वास्तुशास्त्रका यी ८ उपाय जसले तपाईंको भाग्य चम्किन्छ

शान्ति तथा समृद्धि प्राप्त गर्नका लागि वास्तुशास्त्रमा अनेकौं उपाय सुझाइएका छन् । यीमध्ये यहाँ दिइएका आठ उपाय अपनाए मात्र पनि तपाईंको भाग्य चम्किन्छ ।

पर्खालको मोटाइ :

घरको दक्षिण र पश्चिमतर्फका पर्खाल उत्तर र पूर्वतर्फका पर्खालभन्दा अग्ला र मोटा हुनुपर्छ । सडकभन्दा अग्लो हुनुपर्छ जमिन : घर बनाउनलाई जमिन किन्दा वरपरको सडकभन्दा अग्लो भएको सुनिश्चित गरेर मात्र किन्नुहोस् । सडकभन्दा होचो जमिनमा घर बनाउँदा आर्थिक संकट आउँछ ।

दक्षिण पश्चिममा अग्ला रुख :

घरमा समृद्धि ल्याउनुछ भने दक्षिण पश्चिम दिशामा अग्ला रुख लगाउनुस् । यी रुखले आर्थिक स्थिरता ल्याउँछन् । यिनले दुर्भाग्यलाई हटाउँछन् र परिवारमा संकटलाई पनि ढिम्किन दिँदैनन् ।

घरको बीच भाग खालि राख्ने :

घरको बीचको भाग सधैं खालि राख्नुपर्छ र त्यहाँ कुनै पनि निर्माण गर्नुहुँदैन । यहाँ केही बनाउनै परे मन्दिर बनाउनुस् । यो भागलाई ब्रह्मस्थान मानिन्छ ।

भण्डार कक्ष कहाँ राख्ने :

भण्डार कक्ष दक्षिण पश्चिम वा पश्चिम भागमा बनाउनुपर्छ जसकारण समृद्धिको बाटो खुल्छ ।

झ्याल ढोकाको सफाइ :

घरको ढोका र झ्यालको नियमित सफाइ गर्नुस् किनकि घरमा आउने धनसँग यिनको सोझै सम्बन्ध हुन्छ । यी कुरा फोहर हुँदा धनप्राप्तिमा बाधा पुग्छ ।

मुख्यद्वारको सजावट :

घरमा समृद्धि ल्याउन घरको मुख्यद्वारलाई राम्ररी सजाउनुपर्छ । घरमा नम्बर प्लेट राख्नु पनि जरुरी छ । अनि यो भाग उज्यालो र रंगीन हुनुपर्छ ।

चराहरूलाई दानापानी दिन डुँड :

घरको एक भागमा डुँड बनाएर चराहरूलाई दानापानी राख्नुभयो भने सकारात्मक ऊर्जा र धन प्राप्ति हुन्छ ।

प्याजी रंग :

घरमा प्याजी रंग लगाउँदा धन आकर्षण गर्न सकिन्छ । यो रंगका बोटबिरुवा घरमा भए भने पनि तपाईंलाई धनको कमी हुँदैन ।

अन्तिम पटक अपडेट गरिएको : May 1st, 2020,

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु