खाल्डोमा डुबेर तीन बालिकाको मृ*त्यु


 

रौतहट,२७ भदौ–रौतहटमा खाल्डोमा डुबेर तीन बालिकाको ज्या*न गएको छ ।
भारतिय सिमाना जोडिएको ईशनाथ नगरपालिकाका वडा नम्वर १ निवासि तीन बालिकाको डुबेर ज्या*न गएको हो ।
ईशनाथ नपा १ बनजरहाका मिरालाल साहकी ७ बर्षिया छोरी सरिता कुमारी र बृजनन्दन यादवको दुई छोरी बर्ष १० कि पिन्जल कुमारी र बर्ष ६ कि गुडिया कुमारिको डुबेर मृ*त्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री ले बताए ।

घरबाट बिहान माछा मार्न खेतमा गएका तीन जना बालिका बिहीबार साँझसम्म घर नफर्किए पछि खोजतलास गर्दै जाँदा एउटा खाल्डोमा डुबेको अवस्थामा श*व फेला परेको पीडित परिवारले जनाएको छ ।

प्रकाशित भएको : September 13th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु