रमेश खरेल अब राजनीतिमा ! नेताको गुलामी गर्नेले रविलाई अनुसन्धानबिनै प’क्राउ गरे


 

काठमाडौं। पूर्व डिआईजी रमेश खरेलले आफु अब राजनीतिमा आउने संकेत गरेका छन् । अहिले राजनीतिमा बिचलन आएको बताउँदै उनले आफु सुधारका लागि राजनीतिमा आउने बताएका छन् । उनले अहिलेका राजनीतक दलका नेतालाई हेर्दा मोटाएर सबै किम जोगं जस्तो भएके टिप्पणी गरेका छन् । उनले राजनीतिक नियुक्ति र प्रभावका कारण आफु आइजिपी हुन नसकेको बताएका छन् । उनले ठूले राई आइजिपी भएको भए आफुले सेवालाई निरन्तरता दिने बताएका छन् ।

उनले आफु २९ वर्ष नेपाल प्रहरीमा काम गरेर ज्यान हत्केलामा राखेर काम गरेको संगठनको अहिले जनता प्रति विश्वास गुम्दै जाँदा आफुलाई दुख लागेको बताए ।
उनले निर्मला पन्त घटनामा नेपाल प्रहरीको कमी कमजोरी भएको बताए । उनले सिआइबीलाई विश्वास गरेर सबै जिम्मेवारी दिएको भए राम्रो परिणाम आउने उनको भनाई छ । तर त्यसमा रहेका प्रहरीलाई नै कारवाही गरेर सिभिल ब्यक्तिलाई त्यसको जिम्मा दिएका कारण परिणाम राम्रो नआएको बताए । उनले रवि लामिछानेलाई पक्राउ गरेको घटनामा पनि घटनाको पुरै अनुसन्धान नगरी प क्राउ गर्न हतारिएको बताए ।

उनले नेपाल प्रहरी पनि राजनीतक दलको कार्यकर्ता हुन थालेको हो की भन्ने आशंका उब्जाएको बताए । उनले सो घटनामा भएका एभिडेन्सहरुलाई संकलन गरेर उनको संलग्नता भए नभएको निक्र्यौल गरेर मात्र रविलाई पक्राउ गर्न सकिने बताए । त्यसो नभई पक्राउ गर्न हतारिएका कारण प्रहरी आलोचित हुन थालेको बताए । उनले प्रहरी पनि अहिले राजनीतिक दलको नेताको निर्देशन मात्र मान्ने हो की भन्ने देखिएको बताए । निजामति कर्मचारीका सहसचिवलाई छानविन समितिमा राखेर प्रहरी अनुसन्धान विश्वासिलो हुन नसक्ने बताए । नेपालमा अहिले ब्यवसायीक ब्यक्तिलाई साइड लगाएर असम्बन्धित ब्यक्तिलाई घटनामा सहभागी गराइएका कारण समस्या उत्पन्न भएको बताएका छन् ।

भिडियो हेर्नुहोस:

प्रकाशित भएको : September 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु