
काठमाडौं । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले दोस्रो विश्वयुद्ध ताका चर्चामा आएको बाइक सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारमा सस्तो मूल्यको बाइक ‘रोयल इन्फिल्ड क्लासिक ३५० एस’ सार्वजनिक गरेको हो ।
थोरै पुजी भएकाहरुलाई लक्षित गर्दै कम्पनीले नया ‘रोयल इन्फिल्ड क्लासिक ३५० एस’ सार्बजनिक गरेको हो । सिंगल च्यानल एबीएस सहित बजारमा आएको यो मोटरसाइकलको लुक्स पनि केहि फरक रहेको छ । ३४६ सीसी, सिंगल सिलिन्डर, एयर कुल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले १९.८ बीएच पावर र २८ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
भारतीय बजारमा १ लाख ४५ हजार भारू मूल्य तोकिएको छ । जुन क्लासिक ३५० स्टायडर्ड मोडलभन्दा यसको मूल्य ९ हजार कम हो । विशेषत बेलायती सेनाले दोस्रो विश्वयुद्धमा प्रयोग गरेका यी बाइक नेपाली बजारमा पनि निकै चर्चामा रहेको छ ।
प्रतिकृया दिनुहोस्