
इलामकाे राेङ गाउपालिका १ शान्तिपुर निवासी राधिका न्यौपानेको उपचारका लागि सहयोग गरिदिन उनको परिवारले आग्रह गरेको छन् । राधिकाको काठमाडौस्थित नेपाल क्यान्सर अस्पतालमा क्यान्सरको उपचार भइरहेको छ ।
क्यान्सरकै उपचारका क्रममा उनमा पछिल्लो समय Strvens-Johnson Syndrome नामक रोगसमेत देखिएपछि लामो समय आइसियुमा राख्नुपर्ने र जटिल उपचार गर्नुपर्ने भएको र उपचार खर्च पनि धेरै लाग्ने भएकाले सहयोगको आग्रह गरिएको हो ।अवस्था सुधारोन्मुख रहेतापनि अझै केही दिन आइसियु र एक महिना अस्पतालमा राखेर उपचार गर्नुपर्ने सहयोग गरिदिन बिरामीका दाजु इटहरीका निराजन रिजालले अनुराेध गरेका छन् ।
न्यौपानेको परीवारको आर्थिक अबस्था कमजोर भएकाले उपचारका लागि सहयोग गर्न उनले आग्रह गरेका हुन् । बिरामी राधिका न्याैपानेलाइ सहयाेग गर्न चाहनेहरुले ग्लोबल आइएमई बैंकको गोठाटार शाखास्थित बिरामीकै नाममा रहेकाे बैक खातामा सहयोग जम्मा गर्न सकिने बताइएकाे छ ।
उनको खाता नम्बर : C807010000852 रहेकाे जनाइएकाे छ जहा अनलाइन मार्फत पनि रकम जम्मा गर्न सकिने ब्यवस्था मिलाइएकाे छ । थप बुझ्नु परेमा सम्पर्क नम्बर + 977-9851219541 बाट जानकारी लिन सकिने छ ।
यता बिरामीकाे गाउ तथा स्थानीय सघसस्था तथा इष्टमित्रले पनि सहयाेग सकलन गरेर पठाएका छन् । राेङ गाउपालिका तथा जनप्रतिनिधिहरुले पनि सहयाेग सकलन गरेर पठाएकाे र थप सहयाेग आवस्यक परेकाले सहयाेगकाे याचना गरिएकाे बिरामीका अर्का दाजु उपेन्द्र न्याैपानेले बताए । राधिकाकाे उपचारकाे लागि शान्तिपुर झापा एकता समाज लगायतका सघ सस्था पनि सहयाेग सकलनमा लागिरहेकाे बताइन्छ ।
उता बिरामी राधिकाले आफु जाति भएर क्यान्सर राेग बारे सचेतना जगाउनमा लाग्ने बताउने गरेकी छिन । करिब ३ महिना अघि बाट राधिका साे अस्पतालमा स्तन क्यान्सरकाे उपचार गराइरहेकी छिन् ।
प्रतिकृया दिनुहोस्