खानेपानी मन्त्री बिना मगर अस्पताल भर्ना


 

काठमाडौं – खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर अस्पताल भर्ना भएकी छिन् ।

भैंसेपाटीस्थित मेडीसीटी अस्पतालमा मन्त्री मगर शुक्रबार भर्ना भएकी हुन् । यसैबीच मन्त्री मगरका ससुरा एव‌ं नेकपा अध्यक्ष प्रचण्ड उनलाई भेट्न शनिबार साँझ अस्पताल पुगेका छन् ।

तस्विर : भैंसेपाटीस्थित मेडीसीटी अस्पताल

पिसाबमा इन्फेक्सन भएपछि मन्त्री मगर अस्पताल भर्ना भएको स्रोतले जनाएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालको भनाइ छ ।

इलाम र झापामा आयोजित पार्टीको कार्यक्रममा सहभागी भएर काठमाडौं र्फकनासाथ प्रचण्ड बुहारीलाई भेट्न अस्पताल पुगेका हुन् । अस्पतालले सम्भवत त भोली डिसचार्ज गर्ने प्रचण्डको पारिवारिक श्रोतले जानकारी दियो ।

प्रकाशित भएको : September 14th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु