
1 year ago
डडेल्धुर । डडेल्धुरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको छ ।
आइतबार बिहान नेपाली कांग्रेस डडेल्धुराले प्रधानमन्त्री ओलीविरुद्ध सदरमुकाम बागबजारमा नाराबाजी गर्दै प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
जिल्ला सदरमुकामको भीमदत्त चोकको बीच सडकमा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको समेत पुत्ला दहन गरिएको हो ।
नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा जिल्ला सभापति किरण कोइराला लगायतका कांग्रेस कार्यकर्तामाथि भएको आक्रामणको बिरोधमा ओली र प्रचण्डको पुत्ला दहन गरिएको नेपाली कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लले जानकारी दिए ।
घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गनुपर्ने उनको माग छ । उनले सभा भइरहेको ठाउँमा चोरेर आक्रमण गर्नुभन्दा स्थान तय गरेर आफूहरु नेकपासँग लड्न तयार रहेको बताएको छ ।
अन्तिम पटक अपडेट गरिएको : October 4th, 2019,
प्रतिकृया दिनुहोस्