
हिजो (आइतबार) नेपालगञ्ज विमानस्थलदेखि काठमाडौं आउने क्रममा पर्यटन मन्त्री योगेश भट्टराईको कारणले गर्दा यात्रुहरु १ घन्टा पर्खनुपरेको घटनाले अहिले सामाजिक सञ्जाल दुईधारको भएको छ । आफूलाई भ्रष्टचार विरोधी अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले पर्यटनमन्त्रीले गर्दा १ घन्टा यात्रुले कुर्नुपर्यो भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका छन् भने मन्त्रीले आफ्नो कारणले १ घन्टा ढिला नभएर १५ मिनेट ढिला भएको स्विकारेका छन् ।
यसै सन्दर्भमा हामीले केही समय अगाडी प्रकाशित भएको समाचार यहाँ राखेका छौं । समाचार मेक्सिकको हो । जहाँ वातावरणमन्त्रीले आफ्नो उडानको कारणले गर्दा अन्य उडानलाई असर गरेको भन्दै मन्त्री पदबाटै राजनिमा दिएकी छिन् ।
पढ्नुहोस समाचार विस्तृतमा
एजेन्सी । आफ्नो उडानका कारण अरु उडानलाई असर परेपछि मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिनुभएको छ । सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै चर्को आलोचना भएपछि उनले राजीनामा दिनुभएको हो ।
मन्त्री मेनाले आफूले गर्दा विमानमा सवार यात्री र विमान चालकहरुलाई ढिला हुन पुगेको भन्दै दिएको राजीनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत पनि गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उहाँ दोस्रो सरकारी अधिकारी हुन् । यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिनुभएको थियो ।
सम्वन्धित समाचार
मन्त्री भट्टराईको ढिलाइ एक घन्टा कि १५ मिनेट ?
प्लेनमा एक घण्टा कुराउने मन्त्री योगेश भट्टराईलाई यसरी झपारे यात्रुले, मन्त्री निरुत्तर [भिडियोसहित]
भीआइपीहरुले आफ्नो बानी र सिस्टम नसुधारेसम्म नेपालगन्जको जस्तै घटना दोहोरिरहन्छन् !
प्रतिकृया दिनुहोस्