प्रहरी नियन्त्रणमा रहेका ज्ञानेन्द्र शाही छुटे


 

काठमाण्डाै। भ्रष्टाचार विरोधी अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रहरीले सुरक्षाको लागि भन्दै नियन्त्रणमा लिएर छोडेको छ ।ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा वि*वाद उ*त्पन्न भएपछि उनलाई सुरक्षाका लागि नियन्त्रणमा लिएर छोडिएको ललितपुर प्रहरीले जनाएको छ ।

पत्रकार सम्मेलनमा विवाद चर्किने देखिएपछि सुरक्षाका लागि एकछिन परिसरमा राखेर छाडिएको प्रहरीको भनाइ छ ।शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले विरोध जनाएका थिए ।

उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा विवाद भएको थियो ।शाहीले पत्रकार बोलाएको भनिएको कार्यक्रमस्थलमा कयौँ युट्युबरको ठूलो भिड लागेको थियो। कार्यक्रमस्थलमा युटुबरसँगै आफुलाई बिधार्थी बताउने नेकपा निकट बिधार्थी , सर्वसारधणले पनि चाहिने नचाहिने प्रश्न गरेका थिए ।

प्रश्नोत्तरका क्रममा केही युवाले शाहीलाई ‘झुट र ढोंगी’ भनेका थिए । ‘तपाईं नाम पनि ढाँट्ने, पढाइ पनि ढाँट्ने ?,’ युवाहरूले उनलाई प्रश्न गरेका थिए, ‘तपाईं झुट र ढोंगी हो, तपाईं एसएलसी फेल हो कि होइन ?’शाहिमाथी विद्यार्थी भन्ने केही युवाले हातपात गरेका थिए ।

प्रकाशित भएको : September 15th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु