काठमाडौंमा बस्ने मानिसले आफ्ना बालबालिकालाई मन्द वि’ष खुवाइरहेका छन्


 

काठमाडौं– दे‍शका अन्य शहर र गाउँको तुलनामा संघीय राजधानी काठमाडौंमा बस्ने व्यक्तिहरु स्वस्थ जीवनशैली यापन गर्छन् भन्ने अनुमान गरिन्छ । काठमाडौंमा बस्ने व्यक्तिले आफूसँगै आफ्ना नानी–बाबुको स्वास्थ्यप्रति पनि विशेष चासो दिन्छन् भन्ने आम अनुमान हुन्छ ।

तर, एक अनुसन्धानबाट काठमाडौं उपत्यकामा बस्ने व्यक्तिले आफ्ना बालबालिकाको स्वास्थ्यमाथि ‘खेलवाड’ गरिरहेका देखिएको छ । अनुसन्धानका अनुसार काठमाडौंमा बस्ने अभिभावकले आफ्ना बालबालिकालाई स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने खानेकुरा खुवाइरहेका छन् ।

खानामा पर्याप्त पोषणतत्व छैन र यसले बालबालिकाको समग्र स्वास्थ्यमा खराब गर्छ भन्ने जान्दाजान्दै अभिभावकले आफ्ना बालबालिकालाई जंक फूड खुवाइरहेका अध्ययनले देखाएको छ ।

अध्यनका अनुसार सस्तो र सजिलै पाइने हुनाले विशेषगरी काठमाडौँ उपत्यकाका अभिभावले आफ्ना बालबालिकालाई खाजाका रूपमा नुन र चिनीको मात्रा बढी भएको अस्वस्थ जंक फूड खुवाइरहेका छन् । पोषणविद्हरु जंक फूडलाई एक प्रकारको ‘मन्द वि’ष’को रुपमा लिन्छन् ।

पूरा समाचार पढ्न क्लिक गर्नुहोस् 

प्रकाशित भएको : September 15th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु