नेपाल बैंकमा खुल्यो सातै प्रदेशमा ६५१ जनाको लागि जागिर, हेर्नुहोस विज्ञापन


 

काठमाडौं । नेपाल बैंक लिमिटिेडले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। बैंकको मानस्रोत व्यवस्थापन विभागले लोकसेवा आयोगको सहमति अनुसार बैंकको २०७६/७७ को स्वीकृत दरबन्दीका आधरमा विभिन्न पदका लागि दरखास्त मागेको हो।

जस अनुसार सहायक प्रबन्धक, सहायक आइटीलगायत कनिष्ठ सहायक सम्म सातै प्रदेशमा दरखास्त माग गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले अनलाईन मार्फत २०७६ साल असोज १९ गते भित्रमा दरखास्त दिन सक्ने बैंकले जनाएको छ।

नेपाल बै‌क लिमिटेडले विभिन्न पदमा गरेर देशैभरबाट ६ सय ५१ जना मानिसको लागि राोजगारी खोलेको छ ।

सहायक प्रवन्धको लागि माग गरिएको संख्या

सहायक प्रवन्धक १२६ जना

सहायक प्रवन्धक (CA) १० जना

सहायक प्रवनधक (IT) ४ जना

सहायक पदको लागि प्रदेशगत रुपमा माग गरिएका संख्या

प्रदेश १ को लागि २४ जना

प्रदेश २ को लागि ३० जना

प्रदेश ३ को लागि १६७ जना

गण्डकी प्रदेशको लागि ५४ जना

प्रदेश ५ को लागि ३७ जना

कर्णाली प्रदेशको लागि २८ जना

सुदुरपश्चिम प्रदेशको लागि ११ जना

कनिष्ठ सहायक पदको लागि प्रदेशगत रुपमा माग गरिएका संख्या

प्रदेश १ को लागि १२ जना

प्रदेश २ को लागि १४ जना

प्रदेश ३ को लागि १५ जना

गण्डकी प्रदेशको लागि ८ जना

प्रदेश ५ को लागि १३ जना

कर्णाली प्रदेशको लागि ४ जना

सुदुरपश्चिम प्रदेशको लागि ३ जना

हेर्नुहोस् विज्ञापन :

प्रकाशित भएको : September 16th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु