१ दिन थुना’मा राखेर ज्ञानेन्द्र शाहीलाई छाडिदियो प्रहरीले


 

काठमाडौं । आइतबार ललितपुरबाट प’क्राउ परेका ज्ञानेन्द्र शाहीलाई प्रहरीले आफन्तको जिम्मामा छाडिदिएको छ । आइतबार साँझदेखि ललितपुर प्रहरीको हि’रास’तमा रहेका ज्ञानबहादुर शाही भनिने ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलनमै प्रहरीमाथि दु’र्व्य’वहार गरेको प्रहरी बताउँदै आएको थियो ।

शनिबार साँझ नेपालगन्ज विमानस्थलमा पर्यटनमन्त्री योगेश भट्टराईमाथि भएको घटनाको विषयमा शाहीले आइतबार पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलनमै सहभागीले शाहीमाथि हातपात गरेपछि सुरक्षाका लागि गएको प्रहरीमाथि नै शाहीले दुर्व्य’वहार गरेको प्रहरीको भनाइ छ ।

‘नेपालका लागि नेपाली’ नामक अभियान सञ्चालन गरेर भ्रष्टाचारविरुद्ध कार्यक्रम गर्दै आएका शाही नेपालगञ्ज विमानस्थलमा भएको वि’वादपछि चर्चामा छन् । महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, ‘‘उहाँलाई सम्झाइबुझाइ गरेर छाडिदिएका छौं । आउँदा दिनमा कार्यक्रम गर्दा व्यवस्थित तरिकाले गर्न, प्रशासनसँग समन्वय गर्न र असल व्यवहार प्रस्तुत गर्न भनेका छौं ।’’

र यो पनि पढ्नुहोस्

बुद्ध एयर भन्छ- ‘ज्ञानेन्द्र शाही र योगेश भट्टराई दुवैले झुट बोलेका छन्, भएको यसो हो’

प्रकाशित भएको : September 16th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु