घटना भएको २ दिनपछि बल्ल मुख खोल्यो बुद्ध एयरले (यस्तो छ विज्ञप्ती )


 

काठमाडौं । नेपालगञ्जमा संस्कृति तथा पर्यटनमन्त्री योगेश भट्टराईले ढिला गरेपछि उत्पन्न विबादबारे बुद्ध एयरले आफ्नो धारण सार्वजनिक गरेको छ ।  घटना घटेको २ दिनपछि सार्वजनिक गरिएको विज्ञप्तिमा  बुद्ध एयरले भनेको छ– मन्त्री योगेश भट्टराईले केहि ढिला गरेपछि उत्पन्न विबाद साम्य पार्न समय लाग्दा उडानमा थप ढिलाइ हुन पुग्यो ।

साथै आज जारी गरिएको विज्ञप्तिमा भनिएको छ– बाहिरै निस्किएका यात्रुहरु भित्र पसेपछि पनि मन्त्रीमाथि आक्रोश पोख्दा विमानको एक भागतिर मात्र वजन धेरै भएकाले उडानमा समस्या आएको थियो । पछि मन्त्रीको टोलीको संयमताका कारण विबाद छिटै साम्य भएपछि बुद्ध एयर १९: ०४ बजे विमान उडेको थियो ।

बुद्ध एयरका अनुसार मन्त्री भट्टराई १८: ५० बजे विमानस्थलमा आइपुगेका थिए । आज नागरिक दैनिकले बुद्ध एयरका प्रवक्तासँग गरेको कुराकानीलाई समाचार बनाएको थियो । जसअनुसार मन्त्रीले भनेजस्तै उनी १५ मिनेट ढिलो आइपुगेको भन्ने भनाइ नै गलत थियो भने ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले भनेजस्तो १ घन्टा ढिलो पनि भएको हैन ।

हेर्नुहोस बुद्ध एयरले जारी गरेको बिज्ञप्ती

प्रकाशित भएको : September 16th, 2019

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु